अब छिट्टै चीनको भ्रमण गर्छुः प्रधानमन्त्री


प्रकाशित मिति : बैशाख ३०, २०७५ आईतबार

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले छिट्टै चीनको भ्रमण गर्ने बताएका छन्।

छिमेकी भुलुक भारतका प्रधानमन्त्री नेरन्द्र मोदीको नेपालको दुईदिने राजकीय भ्रमणपछि संसदलाई भ्रमणका बारेमा जानकारी दिँदै प्रधानमन्त्री ओलीले छिट्टै चीनको भ्रमण गर्ने बताए। उनले दुवै छिमेकसँगको सम्बन्धलाई अझै सुमधुर र समृद्ध बनाउन आफूले भारतपछि छिट्टै चीनको भ्रमण गर्न लागेको जानकारी दिए।

आफू दुई छिमेकी मुलुकसँगको सम्बन्ध विस्तारमा मात्रै सीमित हुन नचाहेको भन्दै उनले त्यसबाट त्रिदेशिय हित पनि चाहेको बताए। उनले नेपालको परराष्ट्रनीति मित्रतामा आधारित हुने पनि स्मरण गराए।

प्रधानमन्त्री ओलीले नेपालले छिमेकसँग सन्तुलित सम्बन्ध कायम गर्ने पनि बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com