शौचालयमा लडेर सभामुख आईसीयूमा


प्रकाशित मिति : बैशाख २९, २०७५ शनिबार

Illustrative Photo

प्रदेश ४ का सभामुख नेत्रनाथ अधिकारी शुक्रबार आफ्नै निवासको बाथरुममा लडेर गम्भीर घाइते भएका छन् ।

टाउकोमा रगमत जमेको उनको मनिपाल शिक्षण अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको छ । आजको कान्तिपुरले पृष्ठ ४ मा यो समाचार छापेको छ ।

घटनालगत्तै फेवासिटी अस्पताल पुर्याइएका उनलाई त्यहाँबाट काठमाडौंस्थित न्यूरो अस्पताल रेफर गरिएको थियो । तर हेलिकप्टर व्यवस्थापन हुन नसकेपछि मनिपाल लगिएको हो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com