स्वतन्त्र मधेसको नारा लाग्यो जनकपुरमा, दर्जन बढी सहभागी पक्राउ


प्रकाशित मिति : बैशाख २८, २०७५ शुक्रबार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा नागरिक अभिनन्दन गर्ने क्रममा स्वतन्त्र मधेसको ब्यानर प्रदर्शन गर्ने दर्जन बढी व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ।

बारह विगहास्थित कार्यक्रम स्थलमा ‘मधेश देशमा स्वागत छ, फ्रि मधेश’ लेखेको ब्यानर देखाएका सहभागीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा रंजित यादव, अरुण सहनी, राम शंकर यादव, दीपेन्द्र यादव, शशिकला यादवलगायतका छन्।

पक्राउ परेका मध्ये ११ जनालाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ भने अन्यलाई ल्याउने कार्य भइरहेको धनुषा प्रहरीको कन्ट्रोल शाखाले जनाएको छ।

अभिनन्दन कार्यक्रममा रक्षामन्त्री इश्वर पोखरेलले सम्बोधन गर्दा ‘फ्रि मधेश’ भन्दै सहभागीहरुले होहल्ला गरेका थिए।

प्रदेश सरकारले नै स्थानीय तहहरुलाई अभिनन्दन कार्यक्रममा जनता ल्याउन भनेको थियो । तर, अभिनन्दनका क्रममा नै सहभागीहरुको भिडको दुई ठाउँबाट सो ब्यानर देखाइएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com