इजरेल-इरान तनाव: संयम अपनाउन आह्वान


प्रकाशित मिति : बैशाख २८, २०७५ शुक्रबार

मध्यपूर्वका दुई कट्टर प्रतिद्वन्द्वी इजरेल र इरानबीच सैन्य तनाव बढ्दै गएपछि अमेरिकाले इरानलाई उक्साहटपूर्ण गतिविधि गरेको आरोप लगाएको छ।

युरोपेली देशहरूले भने दुवै देशलाई संयम अपनाउन आह्वान गरेका छन्।

बुधवार राति इजरेलले सिरियामा रहेका इरानी सैन्य संरचनाहरूमा हवाई आक्रमण गरेको जनाएको छ।

इरानले गोलान हाइट्समा क्षेप्यास्त्र प्रहार गरेको उसको आरोप छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जिम्मेवार

इजरेल र इरानबीच तनाव चर्कँदै गएर दुवै देशले एकअर्काका सैन्य निशानामा प्रत्यक्ष आक्रमण थालेपछि ह्वाइट हाउसले त्यसका लागि इरानको रेभ्युल्युश्नरी गार्डलाई जिम्मेवार ठहर्‍याएको छ।

इजरेली आक्रमण

 

अमेरिकाले इरानसँगको परमाणु सम्झौताबाट बाहिरिने घोषणा गरेलगत्तै इजरेल र इरानबीच सैन्य तनाब चर्किएको छ।

दुई देशले एकअर्काका सैन्य निशानामा प्रत्यक्ष आक्रमण थालेपछि ब्रिटेन, फ्रान्स, जर्मनी र रुसले संयम अपनाउन आह्वान गरेका छन्।

सिरिया

इजरेलले बुधवार राति उसले गरेका हवाई आक्रमणमा सिरियामा रहेका सबै इरानी सैन्य पूर्वाधार निशानामा पारिएको बताएको छ।

गोलान हाइट्समा रहेको उसको सैन्य अखडामा इरानी रेभ्युल्युश्नरी गार्डले २० वटा क्षेप्यास्त्र प्रहार गरेपछि ती हवाई आक्रमण गरिएको इजरेलको भनाइ छ।

विश्लेषकहरू भन्छन् मध्यपूर्वका यी दुई कट्टर क्षेत्रीय दुश्मनबीच प्रत्यक्ष सैन्य लडाइँ चर्कने डरले विश्वव्यापी चिन्ता बढेको छ।

सिरियाली अभियानकर्मीहरूका अनुसार इजरेलले गरेका आक्रमणमा कम्तीमा २३ जना मानिस मारिएका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com