भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुरमा स्वागत (फोटोफिचर )


प्रकाशित मिति : बैशाख २८, २०७५ शुक्रबार

नेपालको दुईदिने राजकीय भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी धनुषा जिल्लाको जनकपुर आइपुग्नुभएको छ ।

एअर इन्डियाको विशेष विमानबाट भारतको पटना हुँदै प्रधानमन्त्री मोदी आज बिहान १०ः४५ बजे जनकपुर विमानस्थलमा आइपुग्नुभएको हो । उहाँलाई रक्षामन्त्री ईश्वर पोखरेल, प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु रावत, प्रदेश नं २ का सभामुख सरोजकुमार यादव, प्रदेश सरकारका मन्त्रीहरु, प्रदेशसभाका सदस्यहरु, जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरी लगायतले स्वागत गर्नुभयो ।  प्रधानमन्त्री मोदीलाई स्थानीय साँस्कृतिक झाँकी तथा बाजागाजासहित स्वागत गरिएको थियो ।

भारतीय प्रधानमन्त्री मोदी विमानस्थलबाट जानकी मन्दिरमा हुने पुजाअर्चना तथा अन्य कार्यक्रमका लागि प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका भारतीय समकक्षी मोदीले आज संयुक्तरुपमा रामायण सर्किटको उद्घाटन गर्नुहुनेछ, त्यसपछि मोदीलाई बाह्रबिघा मैदानमा नागरिक अभिनन्दन गरिनेछ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com