बाबुको किरियामा नाबालक छोरी


प्रकाशित मिति : कार्तिक ११, २०७३ बिहीबार

मनिष दुवाडी

भूकम्पले घर तहस नहस बनाएपछि ठड्याइएको एउटा सानो झुप्रो । त्यस बाहिर आँगनमा एकसरो सेतो वस्त्र धारण गरेकी एक महिला र दुई नाबालिका नानीहरु । सरसर्ती हेर्दा हिन्दु परम्परा अनुसार किरिया गरिरहेको अवस्था प्रष्ट देखिन्छ । धर्मको भाषामा तस्बिर सामान्य लागे पनि मानवताको हिसाबले तस्बिर कारुणिक, बाध्यकारी र हृदयविदारक लाग्छ ।

यो दृश्य धादिङको कुम्पुरे पिपलटारस्थित दलित बस्तीको हो । स्थानीय लालबहादुर बयलकोटीको रहस्यमयी हत्या भएपछि विद्यालय जाँदै गरेका दुई बालिका अहिले बाबुको किरियामा बसेका छन्।

कुम्पुरकै महाकाली माद्यामिक विद्यायलमा कक्षा ९ मा पढ्ने पवित्रा बयलकोटी र कक्षा ७ पढ्ने रथी बयलकोटी आमा लालश्री बयलकोटीको साथमा बाबुको किरिया गरिरहेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

श्रीमानको निधनको पीडामा रहेकी लालश्रीलाई साना छोरीलाई किरियामा राख्नुपर्दा थप पीडा भएको छ । लालबहादुरका छोरा नभएकाले दुई छोरी बाबुको किरियामा बसेका छन् । लालबहादुरका ६ छोरमध्ये दुईटीले मात्र सेतो लुगा लगाएका छन् । अन्य छोरीहरु ६, ४ वर्षका सँगै १ वर्षकी दुई छोरी जुम्ल्याहा छन् । यी नाबालकलाई आमा र दिदीहरुले किन सेतो लुगा लगाएका हुन् भन्ने बुझ्न पनि सक्दैनन् ।

सानासाना छोरी बुवाको किरियाको लागि कष्टका साथ बसेको देख्दा त्यहा पुग्ने जोसुकै भक्कानिने गरेका छन् । लालबहादुरको निधनपछि ६ छोरीको पालनपोषण गर्ने जिम्मा लालश्रीको काँधमा आइलागेपछी उनी चिन्तित छिन् । उनले भावुक हुँदै भनिन्, ‘घरको कमाउने मान्छेलाई कुन पापीको आँखा लाग्यो, अब म एक्ली महिलाले कसरी हुँर्काऊ यी कलिला नानीहरुलाई ।’

दलित परिवारमा रोग, भोक, र अभावकाबीच जन्मेका यी अवोध कलिला नानीको उचित लालन पालन गर्न र शिक्षादीक्षा दिनसक्ने कुनै अभिभावक छैनन्। उल्टै घरमा ६० बर्षीया वृद्धा हजुरआमा छिन् ।

लालबहादुरको मृत्यु रहस्य

कात्तिक १ गते साँझ ७ बजे घरबाट बाहिरिएका लालबहादुर २ गते बिहान सुनौलाबजार गाउँ विकास समितिको सुकौराखोलामा झुण्डिएको अवस्थामा फेला परेका थिए । दसैंमा बनाइएको पिङमा झुण्डिएको भनेर प्रहरीलाई खवर गरिए पनि उनको खुट्टाले भुइ छोइएको प्रस्टै देखिएको स्थानीयले बताएका छन् ।

घटनापछि जिल्ला प्रहरी कार्यलय धादिङबाट खटिएको टोलीले घटनास्थलको मुचुल्का गरि शव पोष्टमार्टमको लागि धादिङवेशी ल्याएका थिए । झुण्डिएको भनिएको स्थान रहस्यमय र शंकास्पद देखिएपछि प्रहरीले हत्या आशंकामा ५ जनालाइ नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको छ ।

स्रोत :अन्नपुर्ण पोष्ट

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com