Follow @khasokhasmag

बन्चरोले हानेर श्रीमतीको हत्या गरी श्रीमान फरार


प्रकाशित मिति : कार्तिक ११, २०७३ बिहीबार

आफ्नै श्रीमतीलाई बन्चरोले हानेर बर्दियाको सोरहवामा एक जनाले बिहिबार हत्या गरेका छन्।

दैलेख सालखर्क घर भएका ३९ वर्षीय मीनबहादुर सुनारले श्रीमती खगीसराको बन्चरोले हानेर हत्या गरेका हुन्। भारतको सिमलामा ज्याला मजदुरी गर्ने सुनारले घर झगडा पर्दा बन्चरोले हिर्काएका थिए।

श्रीमती खगीसरा दाजुको घरमा बस्दै आएका थिए। श्रीमतीको हत्यापछि फरार रहेका मीनबहादुरलाई पक्राउ गर्न प्रहरीको खोजी गरिरहेको जनाएको छ।

रासस

© 2022 KHASOKHAS®. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com