पर्यटन प्रवर्द्धन गर्न साइकलयात्रा


प्रकाशित मिति : बैशाख २७, २०७५ बिहीबार

प्रदेश १ को पर्यटन र साँस्कृतिक क्षेत्रको प्रवद्धनका साथै प्रचार प्रसार गर्ने उद्देश्यले बराहक्षेत्र नगरपालिका– ५ रामझोडा निवासी ओम बानियाले बराहक्षेत्र नगरपालिकाबाट बुधबारदेखि ‘नेपाल साइकल यात्रा’ सुरु गरेका छन् ।

साइकल यात्रामा निस्कँदै बराहक्षेत्रका ओम बानियाँ । तस्बिर : प्रदीप मेन्याङ्बो

६ बर्ष वैदेशिक रोजगारकालागि कतारमा बसेका बानिया नेपाल फर्कनेवितिकै साइकल यात्रामा निस्केका हुन् । बिश्व साइकल यात्री पुष्कर शाहबाट प्रेरित बानियाले प्रदेश १ मा रहेका पर्यटकीय स्थलको प्रचार प्रसार गर्दै नेपाल घुमि सकेपछि नेपालको पर्यटकीय स्थलको चिनारी गराउन विश्व साइकल यात्रामा निस्कने बताए । साइकल यात्राका निम्ति बानियाले आफूले वैदेशिक रोजगारीबाट कमाएको रकम मध्ये २ लाख ७५ हजार रुपैया छुट्याएका छन्। साइकल यात्रामा निस्केका उनले भने, ‘साइकल यात्राका लागि चाहिने रकम कमाउनकै लागि म छ वर्षसम्म वैदेशिक रोजगारमा गएँ । अव कोशीको किनारमा रहेको बराहक्षेत्र नगरपालिकाबाट सुरु भएको मेरो यात्रा विश्वयात्रा पुरा गरेपछि मात्र टुंगिनेछ ।’

उनले कोशीको जलयात्रा तथा पर्यटन र धार्मिक स्थलको प्रचारप्रसार गर्दै नेपाल साइकलयात्रा सुरु गरेको बताए । उनले भने, ‘पहिले १ नं प्रदेशका १४ वटै जिल्लामा घुमिसकेपछि अन्य प्रदेश प्रवेश गर्दै ६ महिनामा नेपालका ७ प्रदेश साइकल यात्रा गरिसक्ने योजना छ ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com