खड्कालाई एशियाली प्रभावशाली युवा उद्यमी अवार्ड


प्रकाशित मिति : बैशाख २७, २०७५ बिहीबार

नेपालको हेल्थकेयर क्षेत्रमा क्रियाशील युवा उद्यमी कैलाश खड्का एसियाको ४० प्रभावशाली युवा उद्यमीको अवार्डबाट पुरस्कृत भएका छन्

सिंगापुरको ‘एसिया वान’ म्यागजिनले प्रत्येक वर्ष प्रदान गर्ने यो अवार्डबाट याे वर्ष हेल्थकेयर क्षेत्रमा ढेड दशकदेखि क्रियाशील नेपाली उद्यमी खड्का पुरस्कृत भएका हुन्।

उनलाई बुधबार साँझ दुवईमा आयोजित विषेश कार्यक्रममा उक्त अवार्ड प्रदान गरिएको हो। यो अवार्ड ४० बर्ष कम उमेरका व्यक्तिले निश्चित क्षेत्रमा गरेको उद्यमसिशलताको बहुआयमिक विश्लेषण गरेर प्रदान गरिन्छ। नेपालबाट पुरस्कृत हुने उनी यस बर्षका पहिलो नेपाली युवा उद्यमी हुन्।

३४ वर्षीय खड्कालाई ‘मस्ट इन्फुलेन्सियल एसियन अन्डर ४०’को उपाधिबाट पुरस्कृत गरिएको छ। उक्त अवार्डका लागि ४० बर्षभन्दा कम उमेरका युवा उद्यमीले समाज परिवर्तनमा देखाएको प्रभावकारिता, प्रभाव, प्रगती र योगदानलाई मुख्य आधार बनाईने आयोजकले बताएका छन्। सिंगापुरको ‘एसिया वान’ पत्रिकाले स्वतन्त्र अनुसन्धन टिम बनाएर एसियाभर अध्ययन गरेर अवार्डका लागि नोमिनेशन गर्ने र छनोट समितिले अवार्डका लागि चयन गर्दछ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विगत चार बर्षदेखि नेपाल स्वास्थ्य व्यवशायी महासंघको अध्यक्ष रहेका खड्का वेलकेयर हस्पिटल एण्ड रिसर्च सेन्टर र वेलकेयर इन्स्टिच्युट अफ मेडिकल साईन्स एण्ड टेक्नोलोजीका अध्यक्ष हुन्। उनी प्राईभेट हस्पिटल एसोसियसन (अपिन)का केन्द्रीय सदस्य पनि हुन्।

अष्ट्रेलियाको सेन्टरल क्विन्सल्याण्ड युनिभसिटीमा अध्ययन गरेर फर्किएका खड्का हेल्थकेयरको माइक्रो अनुसन्धानको क्षेत्रमा पनि क्रियाशिल छन्। उनी विगत दुई दशकदेखि नेपालको हेल्र्थकेयरका विभिन्न क्षेत्रमा सक्रिय छन् । श्रम तथा रोजगार मन्त्रालयको विज्ञ समुहमा पनि उनी सदस्य छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com