संसद बैठक कर्तिक २५ गतेसम्को लागि स्थगित


प्रकाशित मिति : कार्तिक ९, २०७३ मंगलबार

अख्तियार प्रमुख लोकमान सिंह कार्की विरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावका बारेमा संसदमा सुरु भएको छलफल कार्तिक २५ गतेसम्मको लागि स्थगित भएको छ ।

मंगलवार बसेको संसदको बैठकमा झण्डै एक दर्जन सांसदहरुले धारणा राखेका थिए । बोल्ने क्रम जारी रहेको उल्लेख गर्दै सभामुख ओनसरी घर्तीले बैठकले कार्तिक २५ गतेसम्म बैठक स्थगित भएको बताइएका हुन् ।

महाअभियोग प्रस्तावको बारमा संसदमा आइतावर प्रवेश पाएपनि मंगलवारबाट छलफल सुरु भएको छ । बैठकमा प्रस्तावक महेन्द्र बहादुर शाही र प्रस्तावक भानुभक्त ढकाल लगायका कांग्रेसका सांसदहरुले लोकमान कार्कीलाई महाअभियोगको पक्षमा समर्थन मागेका थिए ।

बैठकमा कांग्रेसका गगन थापा, एमालेका रविन्द्र अधिकारी, कांग्रेसका रामहरि खतिवडा लगायतले प्रस्तावको समर्थन गरे ।बैठक अनपेक्षितरुपमा लामो समय सम्म स्थगित भएपछि लोकमानलाई बचाउन चलखेल गर्नेहरुलाई मौका पाएको विश्लेषकहरुले बताएका छन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com