पोखरामा भेटिएको बम नेपाली सेनाले पार्यो, निस्क्रिय


प्रकाशित मिति : बैशाख २२, २०७५ शनिबार

वैशाख २२, पोखरा– पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ५ मालेपाटनमा भेटिएको विस्फोटक वस्तु नेपाली सेनाले निस्क्रिय पारेको छ।

कालो कपडाभित्र बेरेर रातो कागजको झोलामा राखेको बम सेनाको डिस्पोजल टोलीले दिउँसो निस्क्रिय गरेको हो।

विद्युत् कार्यालयका गार्डले भेटेको बम प्रहरी कार्यालय बैदामको टोलीले फिर्के पुल नजिकै लगेर राखेको थियो। केही समयपछि नेपाली सेनाले उक्त बमलाई डिस्पोज गरेको हो।

ढुंगा फुटाउन प्रयोग गरिने डेटोनेटर नामको बम भएको प्रहरीले बताएको छ । रातो झोलाभित्र टिनको बट्टामा डेटोनेटर राखिएको डिएसपी खड्क क्षेत्रीले जानकारी दिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शनिबार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बन्द आह्वान गरेको थियो। बम उक्त पार्टीका कार्यकर्ताले राखेको आशंका गरिएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com