बिद्यार्थी बोक्ने बसले यात्रुलाई सेवा दिए


प्रकाशित मिति : बैशाख २२, २०७५ शनिबार

बनेपा : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आह्वानमा काभ्रेका हेलम्बु, केभ्रे मिनिबस र काभ्रे बस समितिले आफ्ना बस पेट्रोल पम्प, ग्यारेज, ड्रइभिङ सेन्टर, सार्वजनिक चौरमा थन्क्याएर सरकारलाई नै चुनौती दिन थाले ।

काभ्रे प्रशासनले पनि शुक्रबार बिहानै देखि कम्पनीका र निजी स्कुलका बसलाई सुरक्षासहित सडकमा ल्याएर यात्रुलाई सेवा दिन थालेको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

हामीले सामाजिक उत्तरदायित्वअन्तर्गत स्थानीय प्रशासनको अनुरोधमा स्कुल बसलाई यात्रु बोक्न पठाएका हौं । बेलर इन्टरनेसनल एकेडेमीका प्रबन्ध निर्देशकले भने, विद्यार्थी लिएर र पुर्याउने समयबाहेक दिनभरि नै हाम्रो बसले यात्रुलाई सेवा दिइरहेका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com