सिन्डिकेटविरुद्ध सरकारसँग वार्ता गर्न तयार छौँ : व्यवसायी


प्रकाशित मिति : बैशाख १९, २०७५ बुधबार

काठमाडौँ। यातायात क्षेत्रमा देखिएको सिन्डिकेट पक्षमा आफूहरु नरहेको यातायात व्यवसायीले बताएका छन् ।

गणतान्त्रिक यातायात व्यवसायी संगठन तथा नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनले आज यहाँ आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा उनीहरुले यातायात क्षेत्रमा सरकारले गरेको सिण्डिकेट अन्त्यको प्रयासमा आफूहरुको पूर्ण सहयोग र समर्थन रहेको बताएका छन् ।

वार्ता संवादबाट यस क्षेत्रका सम्पूर्ण समस्या समाधान गर्न आफूहरु तयार रहेको चर्चा गर्दै उनीहरुले हरेक क्षेत्रमा देखिएको सिन्डिकेटको अन्त्य गरेर लामो समयदेखि पेशा, व्यवसाय गर्दै आएका व्यवसायी, मजदुर, कर्मचारीको संरक्षण गरी आधुनिक नेपाल निर्माणमा हातेमालो गर्न आफूहरु तयार रहेको बतएका छन् ।

नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनका अध्यक्ष श्रीप्रसाद मैनालीले सार्वजनिक यातायात खुल्ला प्रतिस्पर्धामा चल्नुपर्छ भन्ने मान्यता आफूहरुको रहेको उल्लेख गर्दै सिण्डिकेट अन्त्यगर्ने सरकारको कदममा हाम्रो पनि सहमति छ भन्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पुराना गाडी कम्पनीमा लैजानुपर्ने सरकारको भनाइप्रति विरोध रहेको बताउँदै उहाँले यातायात व्यवसायी र सरकारबीच वार्ता र संवादको माध्यमबाट सिन्डिकेटको समस्या समाधान हुनेछ भन्नुभयो ।

गणतान्त्रिक यातायात व्यवसायी संगठनका संयोजक दधिराम खरेलले असार मसान्तपछि यातायात समिति नवीकरण नगर्ने सरकारको निर्णय एकपछि अर्को भएको उल्लेख गर्दै यो निर्णयले यातायात व्यवसायीलाई आतङ्कित पारेको बताउनुभयो ।

हामी सिन्डिकेटको पक्षधर नभएको बताउँदै उहाँले अरु यातायात व्यवसायीले सञ्चालन गरेको गाडी छेक्नुहुँदैन भन्ने आफनो मान्यता रहेको धारणा व्यक्त गर्नुभयो ।

विसं २००७ मा गाडीका पार्टपूर्जा बोकेर ल्याई शुरु गरेको यातायात क्षेत्रमा निम्नमध्यम वर्गको रु १० खर्ब भन्दा बढी लगानी रहेको र ४० लाख भन्दा बढी मजदुर यस क्षेत्रमा कार्यरत रहेको जनाएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com