धुर्मुस भन्छन् ‘प्राधिकरण होइन, पुनर्निर्माण मन्त्रालय चाहिन्छ’


प्रकाशित मिति : बैशाख १९, २०७५ बुधबार

काठमाडौं । विभिन्न सामाजिक कार्य गरेर ख्याती कमाएका हास्य कलाकार सिताराम कट्टेल धुर्मुसले सुन्तली अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने लागि परिरहेका छन् ।

धुर्मुस सुन्तलीले २०७२ बैशाख १२ गतेको भुकम्पपछि लगातार ४ वटा नमूना वस्ती निर्माण गरेर हस्तान्तरण गरिसकेका छन् । फाउन्डेसनकै सहयोगमा सिन्धुपाल्चोकको गिरानचौर, महोत्तरीको बर्दिवासका मुसहर बस्ती र रौतहटको सन्तपुरका बाढीपीडितका लागि नमुना बस्ती बनाइदिएका छन् ।

पुनर्निर्माणसम्बन्धी एउटा औपचारिक कार्यक्रममा एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ‘बरु राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सीईओ सीताराम कट्टेल धुर्मुसलाई बनाऊँ, उनले चाँडो काम गरेर देखाएका छन् ।’ भनेका थिए । सरकारले पुुनर्निर्माण प्राधिकरणको सीईओ प्रस्ताव ग¥यो भने बन्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘मेरो ध्यान अहिले क्रिकेट स्टेडियममा केन्द्रित छ ।’

अहिलेको सरकार समृद्धिका लागि बनेको भन्दै उनले समृद्धिलाई सफल बनाउन पुनर्निर्माण मन्त्रालय गठन गर्नुपर्नेमा जोड दिए । मन्त्रालय गठनपछि मात्रै समृद्धि सम्पन्न हुने उनको बुझाइ छ । उनी भन्छन्, ‘मन्त्रालय बन्यो भने योजना बनाउने, भोलेन्टियर परिचालन, कर्मचारी नियुक्तिदेखि सबै काम आफैंले गर्न सक्छ अनि मात्रै समृद्धिको सपना पूरा हुन्छ ।’

जनताले देख्ने गरी काम गर्न सरकार सक्रिय हुनुपर्ने धुर्मुसको बुझाइ छ । ‘निर्माणको योजना बनाएर हुन्न, जतनाले देख्ने गरी काम गर्नुपर्छ,’ धुर्मुसले भने । वसन्तपुर दरबार, धरहरालगायत अन्य सांस्कृतिक धरोहर बनाउन विलम्ब गर्न नहुने भन्दै त्यसका लागि पुनर्निर्माण मन्त्रालय नै चाहिने बताए ।

पुनर्निर्माण प्राधिकरणको धेरै ऐन झन्झटिलो भएको उल्लेख गर्दै उनले भने, ‘प्राधिकरणको ऐन संशोधन नगर्ने हो भने जो गए पनि केही हुँदैन । अहिलेको ऐन परिमार्जन नगर्दा प्राधिकरणले यो भन्दा गतिलो काम गर्न सक्दैन ।’

प्राधिकरणका पुनर्निर्माण सद्भावना दूतसमेत रहेका धुर्मुस ऐनका विषयमा निकै जानकारी राख्छन् । उनले थपे, ‘प्राधिकरणले कुनै पनि निर्णय आफैं गर्न सक्दैन । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, अर्थ मन्त्रालय र सहरी विकास मन्त्रालयसँग समन्वय गरेर मात्रै काम गर्नुपर्छ ।’

धुर्मुसका अनुसार इन्जिनियर परिचालन गर्न सहरी विकास मन्त्रालयको अनुमति चाहिन्छ भने नक्सा पासका लागि संघीय मामिलाअन्तर्गत गाउँपालिका, नगरपालिका धाउनुपर्छ । ‘यस्तो स्थितिमा कसरी काममा दु्रतगति आउँछ रु’ उनले प्रश्न गरे ।

व्यक्तिका घरदेखि सांस्कृतिक एवं धार्मिक सम्पदा निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन भएको भन्दै धुर्मुस भन्छन्, ‘पुनर्निर्माण मन्त्रालय गठन गरेर मन्त्रालयअन्तर्गत प्राधिकरणलाई राख्नुपर्छ ।’

पहाडका पहिरोपीडितदेखि तराईका बाढीपीडितलाई समेत सरकारले बेलैमा सम्बोधन गर्नुपर्ने भन्दै उनले भने, ‘तराईमा बाढी जानुअघि नै जोखिमयुक्त क्षेत्रका व्यक्तिलाई सुरक्षित वासस्थानमा लग्नुपर्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com