सरकारको कामबाट अत्तालिएर अधिनायकवादको आरोप लगाएका छन्ः मन्त्री ज्ञवाली


प्रकाशित मिति : बैशाख १८, २०७५ मंगलबार

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले आगामी १० वर्षपछि रोजगारीको शिलसिलामा विदेशीहरु नेपाल आउने बताउनुभएको छ ।

दोलखा चरिकोटस्थित गौरीशंकर सामुदायिक पुस्तकालयको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उहाँले आगामी दश वर्षपछि नेपाली युवाहरुका लागि वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता अन्त्य भएर उनीहरुलाई घुम्नका लागि विदेश जाने वातावरण बनाउन अहिलेको सरकार लागिपरिरको छ भन्नुभयो ।

मन्त्री ज्ञवालीले स्थिरता र समृद्धिका निम्ति वर्तमान सरकारको कामबाट अत्तालिएर विपक्षीहरुले अधिनायकवादको आरोप लगाएको उल्लेख गर्दै मुलुकको समृद्धि र विकासमा सहयोग गर्न सबैसंग आग्रह गर्नुभयो ।

सुन तस्कारी प्रकरणमा लहरो तान्दा पहरो खस्न थालेको तथा गुण्डागर्दी र सिन्डिकेटविरुद्ध सरकार निर्ममताका साथ प्रस्तुत भइरहेको बताउँदै उहाँले सरकार बेथिति नियन्त्रणमा लागिपरेको धारणा व्यक्त गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मन्त्री ज्ञवालीले दण्डहिनता र बेथिती नियन्त्रण गरेर विकासका ढोकाहरु खोल्नु सरकारको विशेष प्राथामिकता रहेको बताउँदै वर्तमान सरकारकै पालामा १५ हजार मेगावाट बिजुली थप्ने, पाँच वर्षभित्र कृषिमा देशलाई आत्मनिर्भर बनाउने तथा रक्सौल –काठमाडाँै र केरुङ –लुम्बीनीलाई रेलमार्गसंग जोड्नेछ भन्नुभयो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com