विवादमा नअल्झिई देश विकासमा लाग्नुपर्नेमा प्रधानमन्त्री ओलीको जोड


प्रकाशित मिति : बैशाख १८, २०७५ मंगलबार

प्रधानमन्त्री केपी शर्मा ओलीले निरर्थक बहस र विवादमा नअल्झिई देश विकासतर्फ अगाडी बढ्ने बताउनु भएको छ ।

झापाको भद्रपुरमा आज जिल्ला समन्वय समितिको पहिलो जिल्लासभा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार अन्त्य, सुशासन अभिबृद्धि र कानूनी शासनको प्रत्याभूतिमार्फत सरकार आर्थिक–सामाजिक रुपान्तरणको अभियानमा लागेको भन्दै निरर्थक बहस र विवादमा अल्मलिने समय नरहेको बताउनु भएको हो ।

सरकार समृद्धिसहित आमूल परिवर्तन गर्न सक्षम हुने उहाँको दावी थियो । प्रधानमन्त्री ओलीले सबै पक्षका मुद्दालाई उत्तिकै प्राथमिकता दिएर सम्बोधन गरिने पनि बताउनु भयो ।

सरकारले संविधान संशोधनमा वेवास्ता गरेको भन्दै राजपा नेपाल र संघीय समाजवादी फोरमले गुनासो गरिरहेका बेला प्रधानमन्त्री ओलीले केही ढिला हुन सक्ने तर हर क्षेत्रका मुद्दा सम्बोधन गरिने स्पष्ट पार्नुभएको हो ।

प्रधानमन्त्री ओली भोलिसम्म झापामा रहनु हुने छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com