५ महिना विदेशमा उपचारपछि डा. देवकाेटालार्इ नेपाल ल्याइयाे, बाँसबारीस्थित न्यूरोमै थप उपचार हुँदै


प्रकाशित मिति : बैशाख १८, २०७५ मंगलबार

नेपालकै प्रख्यात न्युरो सर्जन डा. उपेन्द्र देवकोटा बेलायतस्थित किङ्स कलेज हस्पिटलमा पाँच महिना लामो उपचार गरेर स्वदेश फर्केका छन् ।

विदेशमा त्यति लामाे उपचार गराउँदा पनि स्वास्थ्य अवस्थामा सुधार नअाएपछि उनको अहिले बाँसबारीस्थित न्यूरो अस्पतालमा राखेर थप उपचार भइरहेको छ
बाँकी उपचार नेपालमै गराउने इच्छाअनुसार डा. देवकोटालाई तीन दिनअघि नेपाल ल्याइएको हो ।

अहिले उनको स्वास्थ्य स्थिति स्थिर रहेको अस्पतालले जनाएको छ । ‘डा. देवकोटाको उपचार यसै अस्पतालमा सघन रुपमा चलिरहेको छ,’ अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ । तर उनलाई लागेको रोग के हाे, यसबारे खुलाइएकाे छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com