एनआरएन अध्यक्षको व्यस्तताः अस्ती स्पेन, हिजो कतार, आज काठमाडौं, भोलि जापान


प्रकाशित मिति : बैशाख १७, २०७५ सोमबार

हेमन्त काफ्ले

कर्मभूमी जापानमा नेपाली नयाँ वर्ष मनाएर हिँडेका गैर आवासीय नेपाली संघ एनआरएनका अध्यक्ष भवन भट्ट वैशाख १३ मा स्पेनको म्याड्रिडमा उपमेयरलाई भेट्दै थिए।

१४ गते कतारको दोहामा अन्तर्राष्ट्रिय झापाली सम्मेलनको उद्घाटन गरेका उनले गोर्खा समाज र एनआरएन कतारको कार्यक्रममा पनि सहभागि हुन भ्याए। शनिबार काठमाडौमा केदार पोखरेलको किताब चेप्टे भंगालो बिमोचनमा पुगेका भट्ट चक्रपथ सरसफाइमा टाइसुटमै देखिए। उनको दिनचर्या देख्दा लाग्छ उनिभन्दा ब्यस्त कमै मानिस होलान्।

भट्टका पछिल्ला चार महिनाका दिनचर्या हेर्ने हो भने उनको दैनिकी यसरी नै चलेको छ। समयको ठ्याक्कै जोड घटाउ नलाएनी करिब चौथाइ समय हवाइ जहाजमा बितेका हुनसक्ने उनको अनुमान छ। ‘रातिको समयको फ्लाइट बढी चढ्छु राति हवाइ जहाजमा सुत्यो, दिउँसो साथीभाइ भेट्यो’, भट्टले आफ्ना पछिल्ला केही महिनाका दिनचर्याका यसरी सुनाए।

पैसा र पद भन्दा देश र भेष ठूलो मान्ने यी प्रवासी नेपालीका नेता यतिखेर आफ्नो ब्यापार ब्यवशाय भन्दा संस्था र समाजको काममा ब्यस्त देखिन्छन्। सधै मुस्कान अनि सहज र सरल स्वभावमा भेटिने यी धनका पनि मनका पनि धनी कहिले घमन्डी देखिएनन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संसारका सबै एनआरएन एकै परिवार मान्ने र सबैलाई बराबरी गन्ने यिनको बानी गजबकै छ। जो सँग पनि जहाँ पनि जुनै बेला मिसिन सक्ने र कविता होस् या दोहोरी जेसँग पनि रम्न सक्ने यिनको बानीले धेरैलाई प्रशंसक पनि बनाएको छ।

धनले इनलाई इलीट बनाए पनि मनले भने सधै क्लीन देखिन्छन्। पाँच तारे होटलका स्वीटदेखि घरबारीका गीतसम्म बराबरी महत्व देख्ने यी प्रवासी नेता महंगा ब्रान्ड रोलेक्स होस या प्राडा, च्यानल वा पोलो तर भुल्दैनन् गोर्खाको तान्द्राङमा चलाएको हलो र कोदालो। यसै कारण पनि यी अरु भन्दा फरक छन् अनि अलग।

गैर आवासीय नेपाली संघको नेतृत्वमा चुनिएपछि यिनी पुरै हप्ता ठाँटिएर कही बसेका छैनन्। भट्ट भन्छन्,‘हप्तामा चार दिन नेपाल र तीन दिन जापान गरेर केही महिना बितिरहेछ। अहिले संसारमा छरिएर रहेका यसका शाखा र दाजुभाइको हितमा निस्केको छु,’ उनले भने, ‘यसलाई फराकिलो पनि पार्नु छ र बिश्वासिलो पनि, त्यसैले साथीहरुको साथ ,सहयोग अनि अपेक्षा पुरा  गर्ने क्रममा छु।’

कामदार बहुल देशको एनआरएनएमा कामदार बर्गलाई नै प्रतिनिधित्व गर्न दिनुपर्छ भन्दै उनले त्यसो भए मात्र समस्या र समाधानका उपायहरु पत्तो लाग्ने बताए।

कतार पुगेका भट्टले साउदी, कतार र मलेसिया तथा कोरियामा मास्टर डिग्री गरेका युवाहरु समेत रहेका कारण अबका दिनमा एनआरएन हाक्ने बताए।

मुलुकको बिपत्तीमा जुरुक्कै उठ्ने समाजका रूपमा कहलिएको छ प्रवासी नेपाली समाज। बिनासकारी भूकम्पले क्षतबिक्षत पर्दा होस वा बाढी पहिरोले डुबानमा पर्दा, प्रवासमा बस्ने नेपालीहरुको साझा चौतारीका रुपमा रहेको गैर आवासीय नेपाली संघले देशको घाउमा मलम लगाउने काम गरेको तथ्य कसै सामु छिपेको छैन।

पछिल्लो महिना अस्ट्रेलियाको पर्थ र सिड्नी आएका भट्ट त्यसको लगत्तै प्रधानमन्त्रीको भ्रमणमा संल्गनहुँदै दिल्ली पुगे। दिल्लीमा प्रवासी नेपालीको तर्फबाट लगानी र आपसी सम्वन्ध प्रगाढको नारा घन्काउदै सिंगापुर र थाइल्यान्ड पुगे।

साथीभाइको निमन्त्रणालाई अस्वीकार गर्न नजान्ने यी नेता कहिले अमेरिकी नेपालीको टीपीएस समस्याका लागि परराष्ट्र मन्त्रीकहाँ पुगे त केहले सरकारका प्रतिनिधीहरुसँग बिदेशी लगानीको खाका कोर्दै हिँडे।

 

यतिखेर एनआरएनका दुई महत्वपूर्ण परियोजनाहरु लाप्राकको समापन र आफ्नै भवनको शिलान्याशको साइत कुरेर बसेका छन्। उनका पछिल्ला दैनिकी हेर्दा लाग्छ, धन भएर मात्र नपुग्दो रहेछ मानिसलाई केही गर्न मन पनि चाहिदो रहेछ।

संसारमा थुप्रै धनाढ्य नेपालीहरु छन तर उनीहरुले मुलुकका खातिर सिन्को नभाचेका प्रशस्तै उदाहरण भेटिन्छन्।

जापानमा रेस्टुरेन्ट ब्यवसाय र नेपालमा उद्योगधन्दा चलाउँदै आएका भट्ट यतिखेर एनआरएन र देशका खातिर हिडेका बताउँछन्।

जुन देश गए पनि स्थानीय राजनीतिक दल र नेता भेटि मुलुकको हितका खातिर योजना बुन्ने उनको अभियानले अस्ट्रेलियादेखि स्पेनसम्म र कतारदेखि सिंगापुरसम्म ठोस उपलब्धिका रेखा कोरेका छन्।

संसारभर छरिएर रहेका नेपालीलाई एउटै छातामुनी राख्ने र देश विकासमा सबैको साथ एकै हात भन्ने उनको नारा निकै अगाडि बढेको छ। जँहा पुग्छन त्यही ठोस योजना बुन्छन् ,साथी भाइसँग सहयोगको हात बढाउँछन्।

यसैले होला अहिले एनआरएनमा एउटा नारा निकै लोकप्रीय बनेको छ, ‘एनआरएन चट्ट ,भवन भट्ट।’

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com