बुद्धको जन्मस्थल नेपाललाई चिनाउन जापानमा शान्ति र्याली


प्रकाशित मिति : बैशाख १७, २०७५ सोमबार

शान्त पहरी \इन्दिरा खनाल

विश्वका शान्तिका प्रतिक भगवान गौतम बुद्ध जन्मस्थलबारे भारतले गरिरहेको गलत प्रचारलाई रोकि बुद्ध जन्मस्थल नेपाल हो भन्ने चिनाउन जापानमा शान्ति र्याली गरेका छन् ।

टोकियोमा आइतबार गैरआवासीय नेपाली संघ एनआरएनए जापानले आयोजना गरेको शान्ति पदयात्रा गरि शहर परिक्रमा गरेका थिए ।
चन्द्र सूर्य अंकित नेपाली झण्डा र भगवान वुद्धको जन्मस्थानसंग सम्बन्धित बिभिन्न ब्यानर, पम्प्लेट र पोस्टकार्ड बोकेर जापानको ब्यस्त शहर सिन्ज्युकु सेन्टर पार्कमा भेला भएका सयौं नेपाली तथा जापानी नागरिकले सो क्षेत्रलाई नेपालमय बनाएका थिए ।


एनआरएनए जापानका प्रवक्ता पर्शु बस्नेतका अनुसार, यस पटकको शान्ति र्याली गौतम वुद्धको जन्मस्थानबाट विश्व शान्तिको कामना गर्दै गौतम वुद्ध लुम्बिनीमा जन्मीएका हुन् , लुम्बिनी नेपालमा पर्दछ । नेपाल जापान सम्बन्ध अमर रहोस भन्ने नारा लगाउँदै सहभागीहरूले शहरलाई परिक्रमा गरेको जानकारी दिनु भयो ।

नेपाली मौलिक भेषभुषा सजिएर गौतम वुद्धको जन्मस्थानलाई लिएर छिमेकी मुलुक भारतले जसरी बिश्वमा भ्रम फैलाउने कार्य गरेको छ त्यसलाई थोरै भएपनि चिर्ने प्रयास हामीले गरेको एनआरएन जापानका उपाध्यक्ष तथा शान्ति पदयात्राका संयोजक सरोज कुमार खत्रीले बताउनु भयो । त्यस्तै एनआरएनए आईसीसी सदस्य ओम गुरुङका अनुसार यस कार्यक्रमले नेपाल र नेपाली मात्र नभएर नेपालको प्रचार र पर्यटन विकास पनि हुने विश्वास लिनु भयो । शान्ति पदयात्रा सिन्ज्युकु पार्कवाट २ किलोमिटर यात्रा गरि ग्योएनमाए पार्कमा पुगेर सम्पन्न भएको थियो ।

त्यस्तै – नेपाल आदिवासी जनजाती महासंघ जापानले २५६२ औँ वुद्ध जयन्ती समारोह तथा वुद्धको प्रवचन श्रवन कार्यक्रम सम्पन्न गरेको छ । टोकियोमा आइतवार बुद्ध जयन्तीको अवसरमा जनजाति महासंघ जापानले वुद्धको ज्ञान र प्रवचन श्रवनको साथमा एक समारोह गरि वुद्ध जयन्ती मनाएको हो ।
उक्त कार्यक्रममा जापानमा विदेशीहरुको रिसर्च गरि गहनु भएका रिक्क्यो यूनिर्भसिटीका किमुरा मिजुका,आवे हारुको,नेपाली भिक्षु गोमा र जापानीहरु तथा नेपालीहरुको उपस्थितीमा कार्यक्रम भएको थियो ।


उक्त कार्यक्रममा जापानमा क्रियाशील महासंघमा आवद्ध ११ संस्थाहरू तमु धीं जापान, तामाङ समाज जापान,किराँत याक्थुङ चुम्लुङ जापान ,थकाली सेवा समिति जापान ,शेर्पा संघ जापान ,नेपाल मगर संघ जापान ,किराँत राई योयाख्खा जापान ,मनाङ सोसाइटी जापान,थारु समाज जापान,नेपाल थामी समाज जापान,नेवा जागरण मंच जापानको सह आयोजनामा विश्व शान्तिका प्रतिक गौतम बुद्धको २५६२ औं बुद्ध जयन्ती समारोह २०१८ सम्पन्न गरेको कार्यक्रम संयोजक तथा तमु धिं जापानका अध्यक्ष अनिता गुरुङ बताउनु भयो ।


संस्थाका अध्यक्ष सुमन लिम्वुको सभापतित्वमा सम्पन्न समारोहमा नेपाली राजदुतावास टोकियोका सचिव प्रेम वरालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com