३३ किलो सुन तस्करी प्रकरण: वहालवाला डिएसपी प्रजित केसी पनि नियन्त्रणमा


प्रकाशित मिति : बैशाख १६, २०७५ आईतबार

त्रिभुवन विमानस्थलबाट भएको ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा अनुसन्धानको लागि अर्का एक वहालवाला प्रहरी अधिकारीलाई नियन्त्रणमा लिइएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले डिएसपी प्रजित केसीलाई नियन्त्रणमा लिएको हो । डिएसपी केसीले मोरङ उर्लाबारीका सनम शाक्य हत्याको घटना अनुसन्धान गर्न महानगरीय अपराध महाशाखाबाट सई बालकृष्ण सञ्जेललाई लिएर मोरङ पुगेका थिए।

केसी नेतृत्वको अनुसन्धान शंकाको घेरामा परेपछि केही साताअघि सई सञ्जेल, डिएसपी केसी र अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीलाई प्रहरी प्रधान कार्यालय फिर्ता बोलाइएको थियो।

सुन तस्करी प्रकरणमा मोरङ जिल्ला अदालतमा बयान दिनको लागि केसी शुक्रबार हवाई मार्ग हुँदै विराटनगर पुगेका थिए। उनलाई अहिले हिरासतमा राखिएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com