चट्याङ परेपछि विद्यालयमा आगलागी हुँदा २५ कम्प्युटर जलेर नष्ट


प्रकाशित मिति : बैशाख १६, २०७५ आईतबार

वैशाख १६, नवलपरासी – नवलपरासीको कावासोती नगरपालिका–५ को कालिका माविमा चट्याङपछि आगलागी भएको छ ।

चट्याङका कारण विद्युत सट भएर विद्यालयमा आगलागी हुँदा विद्यालयका २५ कम्प्युटर जलेर नष्ट भएका छन् । आइतबार साँझ ६ बजेको समयमा परेको चट्याङ्का कारण विद्यालयको कम्प्युटर ल्याबमा रहेको विद्युत मिटर बक्स सट भएपछि आगलागी भएको हो ।

आगलागी भएपछि ल्याबमा रहेका २५ वटा कम्प्युटर जलेर नष्ट भएको विद्यालयका प्रधानाध्यापक लेखराज पोखे्रलले बताउनु भयो । आगलागीबाट झण्डै ६ लाख बराबरको क्षति भएको उहाँको भनाइ छ । आगो अहिले निभाइसकिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com