बाबुराम भट्टराई बने ३ बर्षे बालकको अभिभावक


प्रकाशित मिति : बैशाख १६, २०७५ आईतबार

सरकारले सुरू गरेको नयाँ विद्यार्थी भर्ना अभियानलाई पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले पनि साथ दिएका छन् ।

उनले गृहजिल्ला गोरखाको खोप्लाङका ३ वर्षे बालक रोशन परियारको अभिभावकत्व ग्रहण गरेका हुन् । खोप्लाङको शारदा माध्यामिक विद्यालयमा रोशनलाई भर्ना गर्दै भट्टराईले उनको शिक्षामा सहयोग गर्ने बताएका छन् ।

रोशन शुक्रबार विद्यालय भर्ना भएका थिए । रोशनको फोटो ट्वीट गर्दै भट्टराईले लेखेका छन्, ‘सरकारको निरन्तरको अनुरोधमा आफ्नै गाउँले शिशु रोशन परियारलाई पालुङटारको शारदा माविमा भर्ना गरी अभिभावकत्व ग्रहण गर्दै नागरिक दायित्व निभाइयो ।’

पढाइको निरन्तरताका लागि भन्दै भट्टराईले दिवा खाजाको पनि व्यवस्था गरेको उल्लेख गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com