९ हजार नै नेपाली डिपोर्ट हुँदैनन् टीपीएस नविकरण नहुँदा


प्रकाशित मिति : बैशाख १५, २०७५ शनिबार

नेपालमा गएको महाभूकम्पपछि अमेरिकामा बस्दै आएका नेपालीहरुलाई अमेरिकी सरकारले दिदै आएको टीपीएस सुविधा सन् २०१९ को जुन २४ मा सकिने भएपछि त्यसलगत्तै झण्डै ९ हजार नेपालीहरु देशनिकाला हुने समाचारहरु आएपनि त्यो सत्य होइन । टीपीएसको अवधि नथपिदैमा टीपीएसप्राप्त सबै नेपालीहरु देशनिकालामा पर्ने होइनन् ।

टीपीएसको अवधि नथपिदा वास्तविक रुपमा देशनिकालाको सामना गर्ने नेपालीहरु झण्डै १५ सयको हाराहारीमा मात्र रहेका छन् । सन् २०१९ को जुन २४ पछि उनीहरुले देशनिकालाको सामना गर्नेछन् ।
हाल अमेरिकामा टीपीएएसमा रहेका नेपालीहरुको संख्या झण्डै ९ हजार रहेपनि ती मध्ये कैयन पुरानै स्टेटसमा फर्कनेछन् भने कैयनका इमिग्रेशन केसहरु पेन्डिङ अवस्थामा रहेका छन् । टीपीएस सुविधा लिएका कैयन विद्यार्थीहरु पनि पुरानो विद्यार्थी भिसामा नै फर्कनेछन् ।

ति बाहेक झण्डै १५ सय नेपालीहरु भने देशनिकालाका लागि वास्तविक रुपमा योग्य हुनेछन् । किनभने उनीहरु यस अगाडि नै अमेरिकाबाट देशनिकालाको आदेश पाइसकेका तर टीपीएसबाट संरक्षितहरु हुन् । देशनिकालाको आदेश पाइसकेका उनीहरुबाहेक विभिन्न भिसामा अमेरिकामा आएर कुनै अध्यागमन सुविधाका लागि आवेदन नदिएकाहरुसमेत ठूलो संख्यामा रहेका छन् । यद्यपी उनीहरुले अमेरिकामा अध्यागमन सुविधाका लागि आवेदन दिनसक्ने कैयन विकल्पहरु समेत रहेका छन् ।

इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टको देशनिकाला गर्नुपर्ने नेपालीहरुको सुचीमा झण्डै १५ सय नेपालीहरु रहेको विभिन्न तथ्यांकले देखाएको छ । टीपीएस सकिनासाथ उनीहरुका ठेगानामा कुनै पनि बेला आइसका एजेण्टहरु पुग्न सक्छन् । उनीहरु पक्राउ पर्न सक्छन् । र देशनिकालामा पर्न सक्छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालीलाई टीपीएस प्रदान गरेकै बर्ष अर्थात् सन् २०१५ मा अदालतबाट देशनिकालाको आदेश पाउने नेपालीहरु १२८ जना थिए भने अदालतबाटै स्वेच्छिकरुपमा अमेरिका छाड्न आदेश पाउनेहरु १२ जना रहेका थिए । तर रिपोर्ट अनुशार ६ जना अपराध प्रमाणित भएका र १४ जना अपराध नगरेकासहित २० जना इमिग्रेशनको डिपोर्टमा परे भने ३९ जना अमेरिकाबाट फिर्ता भए । यसरी हेर्दा ८१ जना नेपालीहरुले सन् २०१५ मा अमेरिकाबाट डिपोर्टको आदेश पाइसकेपछि पनि अमेरिका छाडेनन् । तीमध्ये कैयन टीपीएस सुविधा लिएर बसे । टीपीएस सकिएपछि उनीहरु आइसको निशानामा हुनेछन् ।

विगत १८ बर्षको रेकर्ड हेर्दा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसको निशानामा रहेका नेपालीहरुको संख्या १५२० रहेको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी, एक्ज्युकेटिभ अफिस फर इमिग्र्रेशन रिभ्यु, इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइस र युएससीआईएसबाट प्राप्त तथ्यांकले देखाएको छ । उनीहरुमध्ये अधिकांशले टीपीएस लिएका छन् । ती १५२० जना नेपालीहरु इमिग्रेशन अदालतबाट डिपोर्टको आदेश पाइसकेका तर विभिन्न कारणले अमेरिकाभित्रै बसेकाले टीपीएस सकिएपछि उनीहरु आइसको पहिलो निशानामा पर्नेछन् ।

उनीहरुमध्ये अधिकांशको ठेगाना इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइससँग भएकाले टीपीएस सकिनासाथ उनीहरुका घरमा कुनैपनि बेला आइसका एजेण्टहरु छापामार्न आउन सक्छन् । उनीहरुले अदालतबाट देशनिकालाको आदेश पाइसकेपछि कुनै अध्यागमन सुविधाका लागि आवेदन नदिई त्यत्तिकै अमेरिकामा बसिरहेको सन्दर्भमा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले नियन्त्रणमा लिएको खण्डमा विना कुनै अवरोध डिपोर्ट हुनसक्ने जोखिममा छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com