नगरमा स्वच्छ खानेपानी सरकारको प्राथमिकता– मन्त्री मगर


प्रकाशित मिति : बैशाख १५, २०७५ शनिबार

खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले देशैभरका सबै स्थानीय तह र गाउँमा खानेपानी सुविधा पु¥याउने मार्गचित्रको तयारी भइरहेको बताउनुभएको छ ।
काठमाडौँको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा आयोजित बलम्बु खानेपानी आयोजनाको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री मगरले विगतमा सरकारले खानेपानीलाई प्राथमिकतामा नराखेकाले यसअघि समस्या समाधान हुन नसकेको बताउनुभयो ।

“देशभरिको खानेपानीको अवस्थाबारे यकिन विवरण नै संकलन भएको छैन”, उहाँले भन्नुभयो, “आगामी आर्थिक वर्षमा हरेक स्थानीय तहको विस्तृत योजना बनाउने तयारी गरिरहेका छाँै ।”

तराई तथा पहाडका फरकफरक भूगोलमा खानेपानी वितरणको छुट्टाछुट्टै योजना बनाइने मन्त्री मगरले बताउनुभयो । तराई क्षेत्रमा बग्ने नदीको पानी प्रशोधन गरेर तराईमा स्वच्छ खानेपानी पु¥याउन आठवटा ठूला योजना कार्यान्वयन गर्न विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बनाउने योजना बनेको उहाँको भनाइ थियो ।

जनतालाई स्वच्छ खानेपानी पु¥याउने योजना सेवामूलक भएको उल्लेख गर्दै उहाँले पानीमा आधारित उद्योगले सञ्चालन गरेर रोजगारी र आयआर्जन वृद्धि गर्ने व्यावसायिक योजनासमेत बनेको उहाँको कथन थियो ।

मेलम्चीको पानी छिटो काठमाडौँ ल्याइने र लार्के तथा याङ्ग्रीको पानीसमेत त्यसमै जोड्ने योजना बनेको उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्नुहुँदै प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठले काठमाडौँका जनतालाई रेल र पानीजहाजभन्दा पनि अहिले स्वच्छ पिउने पानीको जरुरी रहेको बताउनुभयो ।

यसैबीच मन्त्री मगरले उपत्यका क्षेत्रका खानेपानी मुहानको सुरक्षा, संरक्षण र संवद्र्धनको जिम्मा सरकारले लिने गरी विशेष योजना बनिरहेको बताउनुभएको छ ।

ललितपुरको गोदावरी नगरपालिका–६ सिखर्पास्थित बासुकी सिखर्पा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको पहिलो साधारणसभालाई सम्बोधन गर्नुहुँदै मन्त्री मगरले खानेपानीका मुहान संरक्षण गर्नु अनिवार्य रहेको बताउनुभयो ।

वातावरणमा हुने मानवीय अतिक्रमणले खानेपानीका मुहान सुक्ने अवस्था आएकाले व्यवस्थित बस्ती निर्माणलाई ध्यान दिएर खानेपानी पूर्वाधार सबै बस्तीमा खानेपानी सुविधा उपलब्ध गराइने उल्लेख गर्नुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com