विप्लव समूहका नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश, प्रचण्डद्वारा आफ्नै निवासमा स्वागत


प्रकाशित मिति : बैशाख १५, २०७५ शनिबार

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव समूहका नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शनिवार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले खुमलटारमा सिन्धुपाल्चोकबाट पार्टी प्रवेश गर्ने कार्यकर्ताहरुलाइृ पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेश गराउँदै प्रचण्डले भने क्रान्तिको नक्कल गरेर केही हुनेवाला छैन । अब देश विकासमा सबै लाग्नुपर्छ ।

‘हाम्रै जनयुद्धको नक्कल गर्छु भनेर कसैले गरे त्यो सम्भव हुन सक्दैन । २०÷२५ वर्षको सन्दर्भ र अहिलेको सन्दर्भ फरक छ,’ दाहालले विप्लव तर्फ लक्षित गर्दैै भने, ‘माओवादी क्रान्तिकारी आन्दोलनलाई नयाँ शिराबाट माथि उठाउने वातावरण तयार बन्दै गएको छ, अब सबै गोलद्ध हुनुपर्छ ।’

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि रगत पसिना बगाउनेकै नेतृत्वमा कम्युनिष्ट एकता हुनुपर्ने पनि उनले बताएका छन् । ‘जसले बाली लगायो, उसैले थन्काउन पाउने नै वैज्ञानिक कुरा हो,’ उनले भने, ‘दुईचार दिन समय लिए पनि एमाले–माओवादी केन्द्रबीचको एकता अन्ततः भएरै छोड्छ ।’

शान्ति सम्झौतामा हस्ताक्षर गरेका बेला माओवादी सिंगो पार्टी हुँदा नै देशमा एउटै कम्युनिष्ट केन्द्र बनाउने बिषयमा छलफल भएको दाहालले स्मरण गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com