किम र मुनले अंकमाल गर्दा ट्रम्पलाई नोबेल पुरस्कार ?


प्रकाशित मिति : बैशाख १५, २०७५ शनिबार

शुक्रबार उत्तर कोरियाका नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे-ईनबीच ऐतिहासिक भेटवार्ता भयो । सीमा क्षेत्रमा भेटेका दुई नेताबीच कोरियाली युद्ध अन्त्य गरी यो प्रायद्वीपलाई परमाणु हतियारमुक्त बनाउने दिशामा काम गर्न पनि सहमत भएका छन् ।

यसको श्रेय कसलाई जान्छ ? डोनाल्ड ट्रम्प । यो अरुले होइन, दक्षिण कोरियाका विदेशमन्त्रीले भनेका हुन् । विदेशमन्त्री काङ क्यूङ हृवाले सीएनएनसँग भनेकी छन्, ‘उनले पहिल्यैदेखि नै यो दिनका लागि दृढ संकल्पित थिए ।’

अब ट्रम्प र किमलाई नोबेल शान्ति पुरस्कारको प्रमुख दावेदारका रुपमा चर्चा गर्न थालिएको छ ।

सिनेटर लिन्डी ग्राहक, जो किमका ठूला फ्या होइनन्, सहमत छन् कि यो ठूलो उपलब्धी हो । उनले फक्स न्यूजसँग भनेका छन्, ‘ट्रम्पले उत्तर कोरिया र चीनलाई आश्वस्त पारेका छन् कि उनी परिर्वतनका लागि गम्भीर छन् ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले अघि भने, ‘यो सफल भयो भने ट्रम्प नोबेल शान्ति पुरस्कारका हकदार हुन्छन् ।’

जुनियर ट्रम्प पनि आफ्ना बुबा नोबेल शान्ति पुरस्कारको हकदार भएको मान्छन् तर, दिन्छन् भन्नेमा शंका गर्छन् । एलिटहरुले यो दिन्छन् भन्ने नलागेको उनले बताए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com