अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन अाजबाट सुरू, १६ देशको सहभागिता


प्रकाशित मिति : बैशाख १५, २०७५ शनिबार

रुपन्देही । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आजदेखि अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन, २०१८ सुरु भएको छ । अाज सुरूअाती गोष्ठीको उद्घाटन संस्कृति,पर्यटन तथा नागरिक उडडयनमन्त्री रवीन्द्र अधिकारीले गरेका हुन् ।

अठतिस देशको सहभागिता हुने भनिए पनि १६ देशको मात्र सहभागिता रहेको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा ७० जना अन्तर्राष्ट्रिय प्रतिनिधि रहेको लुम्बिनी विकास कोषको सचिवालयले जनाएको छ । गोष्ठीमा अमेरिका, जापान, भारत, इण्डोनेसिया, चीन श्रीलंकालगायत मुलुकका विश्वविद्यालयका प्रोफेसर, प्रकाण्ड बौद्ध धर्मगुरु सहभागी छन् ।

सम्मेलनमा विभिन्न देशका बौद्ध विद्वान्हरुले कार्यपत्र प्रस्तुत गर्ने र त्यसमाथि छलफल हुनेछन् । दुई दिनसम्म चल्ने सम्मेलनले लुम्बिनी घोषणापत्रसमेत जारी गर्ने जनाइएकाे छ ।

लुम्बिनी विश्वविद्यालयका उपकुलपति तथा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन समितिका संयोजक प्रा डा नरेशमान बज्राचार्यले विश्वका पुरातत्वविद् र बौद्ध विद्वान्हरुले लुम्बिनीलाई गौतमबुद्धको जन्मस्थलको रुपमा संसारभर प्रचारप्रसार गर्ने बताए ।

सम्मेलनले ‘लुम्बिनी, नेपाल: भगवान बुद्धको जन्मस्थल, बौद्ध धर्मको उदगम भूमि तथा विश्व शान्तिको मुहान’नारालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने, बृहत्तर लुम्बिनी विकास क्षेत्रलाई अन्तर्राष्ट्रिय बौद्ध हबका रूपमा विकास गर्ने तथा दिगो विकासका लागि प्रबद्र्धन गर्ने,लुम्बिनीलाई बौद्ध अध्ययनको केन्द्रको रूपमा विकास गर्ने र नेपालको संस्कृति, सम्पदा, तथा धार्मिक पर्यटनको विस्तार र प्रबद्र्धन गर्ने उद्देश्य लिएको लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com