अछाममा चट्याङ र असिनापानीः सात जना घाइते, गहुँबाली सखाप


प्रकाशित मिति : बैशाख १५, २०७५ शनिबार

मंगलसेन नगरपालिकामा शुक्रबार परेको चट्याङ लागेर ७ जना घाइते भएका छन् ।

असिनापानीसँगै गरेको चट्याङ लागेर नगरपालिका–५ का मनिषा भाटलगायत ७ जना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार, घाइते सातमध्ये १ को उपचार भइरहेको छ भने ६ जना उपचारपछि घर फर्किएका छन् ।

यस्तै चौरपार्टी गाउँपालिका–१ सिउडीको छरी खोलामा आएको बाढीले छ बाख्रा मरेको तथा १०० भन्दा बढी बाख्राको उद्धार गरिएको अछामका प्रहरी प्रमुख दधिराम न्यौपानेले जानकारी दिए । किसानले व्यावसायिक रुपमा बाख्रापालन गरेका छन् ।

यसैबीच असिनापानीले पाकिसकेको गहुँ र तरकारी खेतीमा ठूलो क्षति पुर्याएको रामारोशन गाउँपालिकाका कृषक गीता साउदले जानकारी दिए ।

आधा केजीसम्मको असिना परेपछि तरकारी र गहुँखेती सखाप पारेको मेल्लेख गाउँपालिकाका कृषक मनिराज भट्टराईले बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com