नेपालको संसदमा ‘ब्याक गियर’ छैन


प्रकाशित मिति : कार्तिक ६, २०७३ शनिबार

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीको महाअभियोग प्रस्तावबाट पछि नहट्ने बताएका छन् ।निजी निवास बालकोटमा शनिबार बिहान संयुक्त विद्यार्थी संगठनसँगको भेटमा कार्कीले संविधान, विधि र पद्धति मिचेकाले उन्मुक्ति दिन नसकिने ओलीको प्रस्ट्याए ।

‘नेपालको संसदमा ‘ब्याक गियर’ छैन,’ उनले भने, ‘संसद अब पछाडि हट्न सक्दैन ।’ ओलीले नेपाली कांग्रेस पनि महाअभियोगको पक्षमा उभिने विश्वास व्यक्त गरे । ‘महाअभियोगमा मेरो पनि हस्ताक्षर छैन,’ उनले भने, ‘कांग्रेसको हस्ताक्षर छैन भन्ने होइन, उसले समर्थन गर्छ, गर्नैपर्छ ।’

ओलीले महाअभियोग सांसद र संसदको अधिकार भएकाले पार्टीले निर्णय गर्ने विषय नभएको बताए । उनले महाअभियोगको प्रस्ताव रातारात आएको नभएर आफू प्रधानमन्त्री हुँदादेखि छलफल सुरु भएको दावी गरे । उनले लोकमानले कर्मचारी प्रशासनले तर्साएर पदोन्नति हुन नदिनेलगायतका नराम्रा काम गरेको आरोप लगाए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com