कमलको फूल बेचेरै गाउँपालिकाले कमायो ८० हजार


प्रकाशित मिति : बैशाख १४, २०७५ शुक्रबार

रुकुम पूर्वमा रहेको कमल तालबाट यो सिजनमा सात लाखको कमल फूल बिक्रि भएको छ । करिब डेढ महिनामा सात लाख बराबरको कमल बिक्रि भएको हो ।

सिस्ने गाउँपालिका वडा नम्बर ५ रुकुमकोटमा पर्ने कमल तालबाट गएको फागुन २७ देखि अहिलेसम्म निकालिएको कमलबाट करिब सात लाख बराबरको कारोबार भएको कमल निकाल्न ठेक्का लिएका ठेकेदार दीपक शाहीले जानकारी दिनुभयो । स्थानीयले दैनिक दुई सयदेखि पाँच सयको टिकेट काटेर कमल निकाल्ने गरेका थिए । महिला तथा बालबालिकाले दुई सयको र पुरुषले दैनिक पाँच सयको टिकेट काटेर कमल निकालेर बिक्रि गरेका हुन् ।

कमल फूलको जरा औषधिका लागि उपयोगी हुने भएपछि गाउँपालिकाले कमल पोखरीको कमल फूल ठेक्का लगाएको थियो । ८० हजारमा गाउँपालिकाले ठेक्कामा लगाएको कमलको फूलबाट ठेकेदारले सात लाखको कारोबार गरेको जनाएका छन् ।

कमल किन्नका लागि मान्छेहरु तालमै आइपुग्ने स्थानीयको भनाई छ । कमल महँगोमा बिक्रि हुने गरेको छ । मूल्यमा भने एकरुपता छैन । सुकाएर चाना बनाइएको कमलको मूल्य तोकिए पनि काँचो कमलको मूल्य भने बेच्ने व्यक्ति अनुसार फरक फरक हुने गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कुनै नाप तौल नगरी अनुमानका भरमा बिक्रि गर्ने गरिएको ठेकेदार शाहिले बताउनुभयो । पाँच सयभन्दा माथिकै मूल्यमा कमलको मात्रा अनुसार बिक्रि हुने गरेको छ । कमल फूलको चाना बनाएर पनि बिक्रि गरिने गरिएको छ । चाना भने प्रति माना पाँच सयको हाराहारीमा बिक्रि हुने गरेको छ ।

कमलपित्त जण्डिस रोगको लागि अत्यन्त फाइदाजनक मानिएको कमल फूलको जराको माग दिनुहुँ बढिरहेको स्थानीय जनक बिसीले बताउनुभयो । उहाँका अनुसार कमल किन्नका लागि रुकुम पूर्व र रुकुम पश्चिमका साथै अन्य विभिन्न जिल्लाबाट मान्छेहरु रुकुमकोट पुग्ने गरेका छन् । त्यस्तै चिनजानका आधारमा यहाँको कमल विभिन्न ठाउँमा पठाउने गरिएको छ ।

कमल फूलबाट गाउँपालिकालाई ८० हजार आम्दानी
गाउँपालिकाले कमलबाट ८० हजार आम्दानी गरेको छ । कमल तालबाट कमल निकाल्नका लागि पहिलो पटक टेण्डर आह्वान गरिएको थियो । सुरुमा डेढ लाखको टेण्डर आह्वान गरिए पनि पछि घटाएर ८० हजारमा गाउँपालिकाले कमल निकाल्ने ठेक्का दिएको थियो । यसअघ स्थानीयले आफूखुशी कमल निकालेर बिक्रि गर्ने गरेका थिए ।

कमल फूल संरक्षणमा टेवा पुग्ने विश्वास
निश्चित समय तोकेर गाउँपालिकाले कमल निकाल्नका लागि टेण्डर आह्वान गरेकाले यो वर्षदेखि कमलको संरक्षणमा टेवा पुग्ने देखिएको छ । यो भन्दा अगाडि स्थानीयले आफूखुशी मनलाग्दो तरिकाले फूल खेल्ने समय भैसक्दा पनि कमल निकाल्ने गर्थे । तर यो पटक भने गाउँपालिकाले कमल निकाल्न निश्चित समय तोकेको छ । गएको फागुन २७ गतेबाट कमल ताल फुकुवा गरिएकामा वैशाख १० गते बन्द भएको छ । यसले गर्दा अर्को सिजनदेखि कमल थप बढ्ने अनुमान गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com