काँग्रेस बैठक आज पनि जारी, पदाधिकारीले बोल्ने क्रम सकिएपछि सभापतिले जवाफ दिने
प्रकाशित मिति : बैशाख १४, २०७५ शुक्रबार
g]sf a}7s ;fg]kfl:yt g]kfnL sfFu|];sf] kf6L{ sfof{nodf laxLaf/ a;]sf] s]Gb|Lo ;ldltsf] a}7s . tl:a/ M k|bLk/fh jGt,/f;;
नेपाल काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि जारी छ । आजको बैठकमा पदाधिकारीहरुले बोल्ने कार्यक्रम रहेको पार्टी मुख्यालय सानेपाले जनाएको छ
केन्द्रीय समिति सदस्यहरुले उठाएका विषयमा सभापति शेरबहादुर देउवाले जवाफ दिंदै बैठक आज सक्ने तयारी रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार यो बैठकले महासमितिको मितितय गर्ने छ । हिजो बसेको बैठकमा नेता विजय गच्छेदार र गोपालमान श्रेष्ठले आ-आफ्नो धारणा राख्नुभएको थियो ।
नेता गच्छेदारले आफ्नो पार्टी फोरम लोकतान्त्रिक विलय गराउँदा भएका सम्झौता कार्यान्वयनमा जोड दिंदै उपसभापतिमा आफ्नो दाबी प्रस्तुत गर्नुभएको थियो भने नेता श्रेष्ठले उपसभापति आफू हुनुपर्ने दाबी गर्नुभएको थियो ।






