चीन पुगे मोदी, सीमा क्षेत्रको समस्यादेखि क्षेत्रीय मुद्दामा अाज जिनपिङसँग वार्ता हुँदै


प्रकाशित मिति : बैशाख १४, २०७५ शुक्रबार

काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अाफ्नाे दुर्इदिने भ्रमणका लागि चीन पुगेका छन्। मोदीले शुक्रबार दिउँसाे चिनियाँ राष्ट्रपति सी जिनपिङसँग वार्ता गर्दै छन्।

माेदी र जिनपिङबीच हुने अाजकाे शिखर वार्तालार्इ ‘दिल-दिल जाेड्ने पहल’काे संज्ञा दिइएकाे छ । अाज माेदीलार्इ दिउँसाेकाे खानापछि जिनपिङले हुबर्इ प्रान्तस्थित एक एेतिहासिक एवं सांस्कृतिक संग्रहालयकाे भ्रमण गराउने र त्यसपछि दुवै नेताबीच गहन वार्ता हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

हिन्दुस्तान टाइम्सका अनुसार, चीन भ्रमणमा रहेका प्रधानमन्त्री माेदीले चिनियाँ राष्ट्रपति जिनपिङसँग दुई देशबीच रहेका समस्यामाथि छलफल हुनेछ । भारत र चीनको सीमा क्षेत्रको समस्या समाधान खोज्नुका साथै दुवै देशले क्षेत्रीय मुद्दाहरुलाई सम्बोधनको प्रयास गर्ने बताइएको छ।

सन् २०१४ मा सत्तामा अाएपछिकाे माेदीकाे याे चाैथे चीन भ्रमण हाे । यसपटक दुवै देशकाे सीमाक्षेत्र दाेक्लाममा देखिएकाे विवाद समाधानबारे ठाेस पहल गर्ने बताइएकाे छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैबीच, दुर्इ देशका शीर्ष नेता बीच अाज वार्ता हुनु अघिल्लाे दिन बिहीबार भारतीय वायुसेना प्रमुख बीएस धअाेनाले सीमा क्षेत्रमा चीनले शैन्य शक्ति बढाइरहेकाे बताएका थिए । उनले चीनले तिब्बत क्षेत्रमा लडाकु विमान तैनाथ गरिरहेकाे भन्दै भारतीय वायु सेना पनि सकर्क अवस्थामा रहनुपर्ने र शैन्य क्षमता बढाउनुपर्ने अभिव्यक्ति दिएका थिए ।

माेदी चीनबाट फर्किए लगत्तै नेपालकाे भ्रमण गर्ने कार्यक्रम तय भएकाे छ। माेदि यही बैशाख २८ गते नेपाल अाउने तयारी भइरहेकाे जनाइएकाे छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com