दुई कोरियाः पहिलो चरणको वार्ता सम्पन्न


प्रकाशित मिति : बैशाख १४, २०७५ शुक्रबार

उत्तर र दक्षिण कोरियाली नेताहरूले दुई देशबीचको ऐतिहासिक शिखर बैठक अन्तर्गत पहिलो चरणको वार्ता सम्पन्न गरेका छन्।

दुई देशको गैरसैनिक क्षेत्रमा दक्षिण कोरियाली राष्ट्रपति मून जे-इन र उत्तर कोरियाली नेता किम जङ-अनबीच वार्ता भएको हो।

दिउँसोको खाना खाएपछि दुई नेताबीच फेरि भेटवार्ता हुनेछ।

शिखर बैठकअघि त्यसबाट व्यापक अपेक्षाहरू गरिएका थिए र बैठकको शुरूमा बोल्दै दक्षिण कोरियाली राष्ट्रपति मूनले एउटा दह्रो सहमतिको अपेक्षा गरेको बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दुई कोरियाली नेता शिखर बैठक स्थलतर्फ

किमले पारमाणविक परीक्षण अहिलेनै किन रोके?

साहस
उनले उत्तर कोरियाली नेता किमले देखाएको साहसको प्रशंसा पनि गरे।

सन् १९५३ मा कोरियाली युद्ध सकिएपछि पहिलो उत्तर कोरियाली नेताका रूपमा किमले स्थानीय समय अनुसार साढे ९ बजेतिर दक्षिण कोरियाली भूमिमा पाइला टेकेका थिए।

के हो उत्तर कोरियाली संकट?

उत्तर कोरियाबारे जान्नुपर्ने ९ कुरा

उनले दुई देशबीचको शिखर बैठकलाई एउटा नयाँ शुरूवातको संज्ञा दिए।

दक्षिण कोरियाली भूमिमा पाइला टेकेपछि त्यहाँको ‘पीस हाउस’को आगन्तुक पुस्तिकामा उनले लेखे- “शान्ति युगको प्रारम्भ विन्दुमा एउटा नयाँ इतिहास शुरू भएको छ।”

दुई नेताबीचको वार्ता कोरियाली प्रायद्वीपमा पारमाणविक अस्त्रको भविष्य र दुई कोरियाबीचको युद्ध अन्त्य भएको औपचारिक घोषणामा केन्द्रित हुने अपेक्षा गरिएको छ।

पारमाणविक र क्षेप्यास्त्र परीक्षण ‘स्थगित’

विभाजित
तर किमका पछिल्ला अनपेक्षित कदमहरूलाई लिएर विश्लेषकहरू विभाजित छन्।

कतिपय विश्लेषकले उनको नियतमाथि प्रश्न गरिरहेका छन्।

दुई कोरियाली नेताबीचको वार्तालाई किम र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच जुन महिनाको शुरूतिर गरिने प्रस्तावित शिखर बैठकको आधारका रूपमा पनि हेरिँदैछ।

अनपेक्षित कदमका रूपमा हेरिएको उक्त शिखर बैठक भए बहालवाला अमेरिकी राष्ट्रपतिले उत्तर कोरियाली नेतालाई भेटेको पहिलो घटना हुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com