जनताले अनुभूति गर्ने खालको सेवा दिनुपर्ने ः मन्त्री पण्डित


प्रकाशित मिति : बैशाख १३, २०७५ बिहीबार

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जनताले अनुभूति गर्न खालेको सेवा दिनुपर्नेमा जोड दिनुभएको छ ।

मन्त्रालयमा उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिले आज ‘सार्वजनिक सेवाको भावीस्वरुप र तहगत अन्तरसम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले अहिलेको प्रशासनिक कामबाट जनताले अनुभूति प्राप्त गर्न नसकेको भन्दै जनताले अनुभूति गर्ने खालेको काम गर्नुपर्ने बताउनुभयो ।

‘‘अहिलेको कामबाट जनता सन्तुष्टि छैनन्’’, उहाँले भन्नुभयो, ‘‘जनतालाई परिमाण निकाल्ने खालका काम गर्नुपर्दछ ।’’ मन्त्री पण्डितले कर्मचारीमा स्वतः बढुवा हुनेले विकृति नित्याएको भन्दै कार्यक्षमताका आधारमा मात्र बढुवा गर्नुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले अहिले कर्मचारीको आधिकारिक ट्रेड युनियनलाई अहिलेकै अवस्थामा राख्न नसकिने भन्दै कस्तो बनाउने भन्नेमा छलफल गर्ने बताउनुभयो । उहाँले संघ, प्रदेश र स्थानीय तहको अधिकार संविधानअनुसार नै चाँडै कामको बाँडफाँड गरेर जिम्मेवार बनाउनुपर्ने बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँले कर्मचारीको तहगत र श्रेणीगत आवश्यकताअनुसार परिमार्जनसमेत गरिने धारणा राख्नुभयो ।

कार्यक्रममा समितिका अध्यक्ष काशीराज दाहालले संघीय संरचनाअनुसार कर्मचारीको तहगत र श्रेणीगत रुपमा पनि परिमार्जन आवश्यक रहेको भन्दै हालका श्रेणीभित्र तहहरु व्यवस्थागर्ने बताउनुभयो । उहाँले संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय गर्नका लागि छुट्टै कानून बनाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त भोजराज पोखरेलले कर्मचारीलाई राजनीतिक गर्ने ट्रेड युनियन खारेज गर्नुपर्ने बताउनुभयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख सूर्यनाथ उपाध्याय कर्मचारी संगठनले नै प्रशासनमाथि विकृति बढाउने भन्दै कर्मचारी संगठन आवश्यक नभएको बताउनुभयो ।

कार्यक्रममा सुरक्षाविज्ञ बालानन्द शर्माले दायित्व पूरा गर्ने सक्ने कर्मचारीको मात्र बढुवा गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा समितिका अध्यक्ष दाहालले प्रस्तुत गर्नुभएको कार्यपत्रमा कर्मचारीको संगठनलाई सुधार गर्नुपर्ने, निवृत्तीभरणको सट्टा कोष स्थापना गरेर सोही कोषबाट निवृत्तीभरणको व्यवस्था गर्नुपर्ने, सबै निजामती सेवालाई एउटै ऐनमा समेट्नुपर्नेलगायतका सुझाव समेटिएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com