दिल्लीको कप्तानबाट राजीनामा दिएका गम्भीरले गरे पारिश्रमिक नलिने घोषणा


प्रकाशित मिति : बैशाख १३, २०७५ बिहीबार

वैशाख १३ – बुधबार दिल्ली डेयरडेभिल्सको कप्तानबाट राजीनामा दिएका गौतम गम्भीरले अर्को ठूलो निर्णय गरेका छन् ।

उनले यो सिजन आईपीएलमा आफ्नो पारिश्रमिक नलिने घोषणा गरेका छन् । आईपीएलमा आफ्नो टिमले गरेको निराशाजनक प्रदर्शनको जिम्मेवारी लिँदै कप्तानबाट राजीनामा दिएका गौतम गम्भीरले आफूले पाउने दुई करोड ८० लाख रुपैयाँ पारिश्रमिक नलिने घोषणा गरेका छन् । यो सम्भवतः आईपीएलकै पहिलो घटना हो जहाँ टिमले गरेको खराब प्रदर्शनका कारण कप्तानले आफ्नो पारिश्रमिक नलिने घोषणा गरेको ।

दिल्ली डेयरडेभिल्स टिमको स्रोतले गौतम गम्भीरले यो सिजनमा खेल्न बाँकी खेलमा पनि कुनै पारिश्रमिक पनि नलिने बताएको खबर भारतीस सञ्चारमाध्यमले जनाएका छन् । गौतम गम्भीर आफ्नो सम्मान नै सबैभन्दा माथि रहेको बताउने खेलाडी हुन् ।

उनी एक खेलाडीका रुपमा बाँकी खेलमा सहभागी हुनेछन् । आईपीएल समाप्त भएसँग गौतम गम्भीरले आफ्नो करिअरका बारेमा कुनै ठोस निर्णय लिने सम्भावना रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com