देशकै मुहार फेर्ने वाम गठबन्धनको नीति तथा योजना ः प्रचण्ड


प्रकाशित मिति : बैशाख १३, २०७५ बिहीबार

पूुर्व प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुुष्प कमल दाहाल ‘प्रचण्ड’ले देशकै मुहार फेर्ने नीति तथा योजना वाम गठबन्धनको सरकारले ल्याउने तयारीमा रहेको बताउनुुभएको छ ।

रौतहटको उत्तरीभेग चन्द्रपुर नगरपालिका–२ जुुडिबेलास्थित स्मार्ट सिटीअन्तर्गत विभिन्न सडक तथा नाला शिलान्यास कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले उक्त विचार राख्नुुभएको हो ।

देशमा अबको यात्रा सुुशासन, स्थिरता र समृद्धिको रहेको उहाँले स्पष्ट पार्नुुभएको छ ।

अध्यक्ष दाहालले अबको दिन एकपटक सबै दल मिलेर समृद्धिका लागि अघि बढ्नुुुपर्ने समय आएको बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

देशको हरेक राजनीतिक परिवर्तनमा रौतहटको अग्रणी भूमिका रहेको उच्च मूल्याङ्कन गर्दै तत्कालीन शहरी विकास मन्त्री प्रभुु साहका पालामा देशको १० शहरमध्ये चन्द्रपुर पनि स्मार्ट सिटीको सूुचीमा परेको उहाँले जानकारी दिनुुभयो ।

चन्द्रनिगाहपुरमा विकासका लागि स्मार्ट सिटीमा रुपान्तरण गर्न डिपिआरको काम भइरहेको तथा औद्योगिक करिडोर निर्माण गर्न उद्योगमन्त्री मातृका यादवलाई आफुूले निर्देशन दिएको प्रचण्डले स्पष्ट पानुुुभयो ।

कार्यक्रमका सांसद प्रभुु साहले मानव सूुचकाङ्कमा सबभन्दा पछाडि ७५औँ स्थानमा रहेको रौतहट अब एक नम्बरमा आउने दाबी गर्नुभयो ।

नेपाली काँग्रेसका सांसद देवप्रसाद तिमल्सिना, एमाले सांसद कल्याणी खड्कालगायतले चन्द्रपुर–२ जुुडिबेला क्षेत्रमा सिँचाइ खानेपानीको अभावसँगै अत्यन्त गरिबीको अवस्था रहेकाले समस्या समाधान गर्न अध्यक्ष प्रचण्डको ध्यानाकर्षण गराउनुभयो ।

कार्यक्रममा शहरी विकास कार्यालय वीरगञ्जका इन्जिनियर एवं उक्त आयोजना प्रमुख श्रीभगवान गुुप्ताले आज शिलान्यास भएको सडकको कूल लागत रु आठ करोड ४० लाख तथा लम्बाइ १० किलोमिटर रहेको जानकारी दिनुभयो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com