अति विपन्नलाई लक्षित ‘कर्णाली रोजगार कार्यक्रम’को बजेटमा मनोमानी


प्रकाशित मिति : बैशाख १३, २०७५ बिहीबार

सरकारले कर्णालीका अति विपन्न र गरिब नागरिकहरूको आयआर्जनका लागि सञ्चालनमा ल्याएको ‘कर्णाली रोजगार कार्यक्रम’काे बजेटमा मनाेमानी गर्ने क्रम बढेकाे छ । बजेटमा कालिकोटका स्थानीय तहहरूले मनोमानी गर्दै आएकाे भन्दै जनगुनासाे पनि बढेकाे छ ।

सरकारले कर्णालीका बेरोजगार विपन्न तथा गरिब नागरिकका लागि आर्थिक वर्ष ०६३/६४ देखि सुरु गरेको कार्यक्रमको बजेट लक्षित कार्यक्रममा खर्च नगरी स्थानीय जनप्रतिनिधिले डोजर किनेका छन्। कार्यक्रमलाई थप प्रभावकारी बनाउनका लागि कर्णाली रोजगार कार्यक्रम निर्देशिका, २०७१ अनुसार विपन्न तथा बेरोजगार परिवारहरूको सामाजिक सशक्तीकरण, आधारभूत पूर्वाधारमा पहुँच र आय–आर्जनका माध्यमबाट जीवनस्तरमा सुधार गरी समाजिक संरक्षण प्रवर्धन गर्नु रहेको छ।

कर्णाली रोजगार कार्यक्रममा लामो समय काम गरेका एक कर्मचारीका अनुसार गाउँमा गरिब, एकल महिला घरमूली भएका परिवारलाई काममा लगाउने निर्देशिकाको मापदण्डअनुसार कामदार छनोट गरिएका र प्रक्रिया मिलाउन मात्र यस्तो काम गरिएको हाे । तर, काम गराउँदा उनीहरूलाई खबर नै नगरेर सिधै डोजरमार्फत सबै स्थानीय तहमा काम भइरहेको तिलागुफा नगरपालिका– ३ का रामबहादुर कार्कीले बताए।

‘गरिब जनताका नाममा आएको बजेट पनि डोजर मालिक अन्य ठूलाबडाकै हालीमुहाली भएको छ,’ उनले भने, ‘यस्ता गलत क्रियाकलाप कसले रोक्ने ?’ तिलागुफा नगरपालिका, रास्कोट नगरपालिका र खाँडाचक्र नगरपालिकालगायतका स्थानीय तहमा डोजरको प्रयोग गरेर कर्णाली रोजगारको कार्यक्रम सञ्‍चालन गर्ने स्थानीयको भनाइ छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com