मन्त्री मातृका यादवले यातायात व्यवसायीलाई सच्चिन दिए, चेतावनी
प्रकाशित मिति : बैशाख १२, २०७५ बुधबार
वैशाख १२, सुर्खेत । उद्योग, बाणिज्य तथा आपूर्तीमन्त्री मातृका यादवले सिन्डिकेटविरुद्ध यातायात व्यवसायीले दिएको धम्कीले सरकार विचलित नहुने भन्दै व्यवसायीलाई बेलैमा सच्चिन चेतावनी दिएका छन् ।
बुधवार भुकम्प मापन केन्द्र सुर्खेतको भवन उद्घाटन गर्दै मन्त्री यादनले यातायात व्यवसायीले जनतालाई सेवा भन्दा पनि बढी सास्ती दिएको बताए । सिन्डिकेटका पक्षपातीहरुले विविध हत्काण्डा मच्चाइरहेको भन्दै मन्त्री यादवले सरकारले कुनै हालतमा सिन्डिकेटलाई तोडेरै छाड्ने बताए ।
‘सिन्डिकेटका पक्षपातीहरुले विविध हत्याकाण्ड मच्चाइरहेका छन्’ मन्त्री यादवले भने,–‘धम्कीले सरकार विचलित हुँदैन्, जनतालाई सहज रुपमा सरकारले सेवा दिन्छ बेलैमा सच्चिएर सरकारको यो निर्णयमा साथ दिँदा उपयुक्त होला ।’
यातायात क्षेत्रमा देखिएको अराजकता अन्त्य गर्न सरकारले सिन्डिकेट तोड्नै पर्ने भन्दै मन्त्री यादवले चुनौतीहरु सिर्जना भए पनि सरकारले सहज रुपमा त्यसको अन्त्य गर्ने बताए ।






