४ करोड हिनामिना गरेर फरार रहेका लेखा अधिकृतलाई अख्तियारले गर्यो पक्राउ
प्रकाशित मिति : बैशाख १२, २०७५ बुधबार
वैशाख १२, सामाजिक सुरक्षा भत्ताको ४ करोड हिनामिना गरेर फरार रहेका लेखा अधिकृत अख्तियार दुरूपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन्।
आयोगले बुधबार कटारी नगरपालिकाका लेखा अधिकृत रविनचन्द्र ढकाललाई ज्ञानेश्वरबाट नियन्त्रणमा लिएको हो। उनले सामाजिक सुरक्षा भत्ताका लागि कोष तथा लेखा नियन्त्रण कार्यालयबाट निकासा भएको ३ करोड ९८ लाख आफ्नो खातामा राखेर हिनामिना गरेका थिए।
कटारीबाट काठमाडौंमा लुकेर बसेको अवस्थामा आयोगले ढकाललाई पक्राउ गरेको हो।