२ नम्बर प्रदेशको सुरक्षा अवस्था चुनौतीपूर्ण : गृहमन्त्री


प्रकाशित मिति : बैशाख १२, २०७५ बुधबार

वैशाख १२ । गृहमन्त्री रामबहादुर थापाले २ नम्बर प्रदेश संवेदनशील प्रदेश भएकाले त्यसैअनुसार सुरक्षा रणनीति बनाएर अघि बढ्ने बताएका छन् ।
वैशाख १२ । गृहमन्त्री रामबहादुर थापाले २ नम्बर प्रदेश संवेदनशील प्रदेश भएकाले त्यसैअनुसार सुरक्षा रणनीति बनाएर अघि बढ्ने बताएका छन् ।
२ नम्बर प्रदेशस्तरीय सुरक्षा गोष्ठीको बुधबार सिमरामा उद्घाटन गर्दै गृहमन्त्री थापाले अरु प्रदेशको तुलनामा २ नम्बर प्रदेशको सुरक्षा अवस्था चुनौतीपूर्ण रहेकाले गम्भीरताका साथ अघि बढ्नुपर्ने बताए ।

खुला सिमाना, अपराध, तस्करी, सामाजिक हिंसा, भ्रष्टाचार, प्राकृतिक विपद्जस्ता समस्या २ नम्बर प्रदेशमा बढी देखिएको भन्दै उनले सुरक्षा गोष्ठीको सुरुआत पनि यसै प्रदेशबाट गरिएको बताए ।

गोष्ठीले २ नम्बर प्रदेशको अपराध नियन्त्रण, जनताको सुरक्षा र सेवाको विषयमा कार्ययोजनासहितको निष्कर्ष निकाल्ने बताइएको छ ।

यसअघि, बुधबारै सिमरा विमानस्थलमा पत्रकारहरुसँग गृहमन्त्री थापाले भूमिगत भएर तराईमा आपराधिक गतिविधि गर्नेले उन्मुक्ति नपाउने चेतावनी दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तराईमा हुने अपराधिक घटनाप्रति सरकार गम्भीर रहेको उनको भनाइ थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com