ठमेलबाट लागूऔषधसहित पर्यटक पक्राउ


प्रकाशित मिति : बैशाख १२, २०७५ बुधबार

वैशाख १२, काठमाडौं । ठमेलबाट प्रहरीले लागूऔषधसहित जोर्डनबाट आएका एक पर्यटकलाई पक्राउ गरेको छ।

याजिड नायल डारविस अस–सारालाई महानगरीय प्रहरी वृत्त लैनचौरले ठमेलको सातघुम्तीबाट मंगलबार पक्राउ गरेको हो। उनको साथबाट १४ वटा एमफेटामिन लागूऔषध बरामद भएको काठमाडौं परिसरका डिएसपी मोहन थापाले बताए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com