नगरपालिकाका प्रमुख श्रेष्ठमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै भक्तपुरमा प्रदर्शन


प्रकाशित मिति : बैशाख १२, २०७५ बुधबार

वैशाख १२, भक्तपुर । मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठमाथि आक्रमण गर्नेलाई यथाशीघ्र कानुनी कारबाहीको माग गर्दै बुधबार मध्यपुरका बासिन्दाले बिरोध र्‍याली प्रर्दशन गरेको छ। बालकुमारीबाट सुरु भएको सो र्‍यालीले शंखधर चोक, चारदोबाटो, नेपाल कोरिया मैत्री अस्पताल, दुई पोखरी, बाहाखा बजार हुँदै महानगरिय प्रहरी वृत्त थिमीमा स्थानियले हस्ताक्षर गरेको ज्ञापन बुझाएका थिए। ज्ञापन पत्रमा आक्रमणकारीको पहिचान भएपनि अहिलेसम्म कानुनी कारबाही गर्न नसक्नु प्रहरी प्रशासनको लाचारी भएको उल्लेख छ। जनप्रतिनिधि निरधक्क भएर सेवा गर्ने वातावरण तत्काल सृजना गर्नुका साथै आक्रमण गर्ने अपराधीलाई छिटो कानुनी दायरामा ल्याउन माग गरेको छ। महानगरीय प्रहरी वृत्त थिमीका प्रमुख प्रज्जल मर्हजनले अनुसन्धान भैरहेको छ। आक्रमण गर्ने अपराधीलाई छिट्टै कानुनी कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रहरी स्रोतकै अनुसार सिसि क्यामेराको फुटेजका आधारमा आक्रमणकारीको पहिचान भएपनि फरार रहेका कारण पक्राउ गर्न नसकेको हो। नगर प्रमुख श्रेष्ठलाई मध्यपुर थिमी उनकै निवास नजिकै गत ८ गते दुईजनाले आक्रमण गरेका थिए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com