विनाशकारी भूकम्पको तीन वर्ष पूरा
प्रकाशित मिति : बैशाख १२, २०७५ बुधबार
Generated by IJG JPEG Library
वैशाख १२, काठमाडौं । विनाशकारी भूकम्पको तीन वर्ष पूरा भएको छ। तीन वर्षअघि २०७२ वैशाख १२ गते बिहान ११स्५६ बजे गोरखाको बारपाक केन्द्रविन्दु बनाएर ७।८ रिक्टर स्केलको भूकम्प गएको थियो। वैशाख १२ को मुख्य कम्पनपछि २०७४ फागुन १८ सम्म ४ रिक्टर स्केलका ४९८ परकम्प भएको भूकम्प मापन केन्द्रले जनाएको छ। चार रिक्टर स्केलभन्दा मुनिका परकम्प करिब तीन हजार चार सय पुगिसकेको छ। यीमध्ये शक्तिशाली परकम्प २०७२ वैशाख १३ गते ६।९ स्केलको थियो। भूकम्पले गोरखा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काभ्रे, भक्तपुर र नुवाकोटलगायत १४ जिल्लाका मानिस बढी प्रभावित भएका थिए। भूकम्पले आठ हजार ९७८ जनाको ज्यान लिएको थियो। २२ हजार ३२१ जना घाइते र २७६ बेपत्ता भएका थिए। भूकम्पका कारण निजी, सरकारी, सम्पदा र विद्यालय गरी सात लाख ७६ हजार ४०५ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए। यस्तै दुई लाख ८४ हजार चार सय घरमा आंशिक क्षति पुगेको थियो।






