धरहराको ठुटोमुनि प्रधानमन्त्रीको सम्बोधन- कोदालो र डोको बोक्न तयार छु


प्रकाशित मिति : बैशाख १२, २०७५ बुधबार

प्रधानमन्त्री केपी शर्मा ओलीले ०७२ सालको भुइँचालोले भत्काएको धरहराको जीर्ण ठुटोकै छेउमा उभिएर सम्बोधन गर्दै भने- मेरो धरहरा मै बनाउँछु । यसका निम्ति कोदालो बोकेर आउनुपर्छ भने म कोदालो बोकेर आउँछु । ईंटा बोक्न आउनुपर्छ भने, खर्पन लिएर आउनुपर्छ कि डोको लिएर म पनि आउँछु

प्रधानमन्त्री ओलीले दुई वर्षअघिको नारा सम्झँदै भने- ‘मैले ०७२ साल फागुन ४ गते आह्वान गरेको थिएँ, मै बनाउँछु मेरो धरहरा, हरेक नेपालीको नारा । यो हरेक नेपालीको नारा हुनुपर्छ मै बनाउँछु मेरो धरहरा । के गर्न सक्छौं हामी त्यो गरौं । मै बनाउँछु मेरो धरहरा ।’

देश आर्थिक समृद्धितर्फ अघि बढ्नुपर्ने बेलामा अब अल्मिलिने र पर्खिने समय नरहेको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘भत्केका संरचनाहरुको पुनर्निर्माणको गीतमात्रै गाएर बस्ने हो भने बाँकी पुनर्निर्माण कहिले गर्छौं ? समृद्धि कहिले गर्छौं ? त्यसकारण हामीसँग अल्मलिने, पर्खिने समय छैन ।’

धरहरालाई अव्यवस्थित तरिकाले नभएर व्यवस्थित तरिकाले बनाउनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

२०७२ सालमा गएको महाभूकम्पको सम्झनामा आयोजित कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा धरहरा, रानीपोखरी लगायतका सम्पदाहरुको पुनर्निर्माण चाँडो हुनुपर्ने भन्दै प्रधानमन्त्रीले यसो भने-

मैले २०७२ साल फागुन ४ गते आह्वान गरेको थिएँ, मै बनाउँछु मेरो धरहरा, हरेक नेपालीको नारा । यो हरेक नेपालीको नारा हुनुपर्छ मै बनाउँछु मेरो धरहरा । के गर्न सक्छौं हामी त्यो गरौं । मै बनाउँछु मेरो धरहरा ।

यसका निम्ति कोदालो बोकेर आउनुपर्छ भने म कोदालो बोकेर आउँछु । ईंटा बोक्न आउनुपर्छ भने खर्पन लिएर आउनुपर्छ कि डोको लिएर म पनि आउँछु । अथवा मैले सक्ने अरु योगदान गर्नुपर्छ भने त्यो पनि गर्छु । त्यसकारण मै बनाउँछु मेरो धरहरा ।

तरिकासँगले हामी यहाँ भएका मान्छेहरुले थाल्ने हो भने धरहराको निर्माण कार्य अगाडि बढ्छ । तर, अव्यवस्थित ढंगले त्यत्तिकै थालेर हुँदैन, व्यवस्थित ढंगले थाल्नुपर्छ । म आग्रह गर्न चाहन्छु अब पुनर्निमार्णको कामलाई तीव्रता दिऔं ।

धरहरा सकेसम्म छिटो निर्माण गरौं । रानीपोखरी सकेसम्म छिटो निर्माण गरौं । काष्ठमण्डप तुरुन्त निर्माण गरौं । बसन्तपुर तीव्र गतिका साथ पुनर्निर्माण गरौं

अब पर्खिने समय छैन हामीसँग । हामीले देशलाई आर्थिक उन्नतकिो दिशामा तीब्रताका साथ लानु छ । भत्केका संरचनाहरुको पुनर्निर्माणको गीतमात्रै बस्ने हो भने बाँकी पुनर्निर्माण कहिले गर्छौं ? समृद्धि कहिले गर्छौं ? त्यसकारण हामीसँग अल्मलिने, पर्खिने समय छैन ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com