Follow @khasokhasmag

अख्तियार प्रमुख कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता


प्रकाशित मिति : कार्तिक ३, २०७३ बुधबार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमार्निसंह कार्कीका विरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएको छ । आज साँझ १ सय ५७ जना सांसदको हस्ताक्षरसहित दर्ता भएको प्रस्तावको समर्थकमा माओवादी सांसद महेन्द्र शाही र समर्थकमा एमालेका प्रमुख सचेतक भानुभक्त ढकाल छन् ।

संसद्का एक तिहाई सदस्यहरुले कुनै पनि संवैधानिक निकायका पदाधिकारीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्न पाउने संवैधानिक व्यवस्था छ ।

प्रमुख कार्कीले पदीय दायित्व निर्वाह गर्न नसकेको निष्कर्षसहित प्रस्ताव दर्ता गरिएको छ । उनले सर्वोच्च अदालतले म्याद बुझाउन खोज्दा सादा पोशाकका प्रहरी र आफन्त लगाएर बुझाउन नदिएपछि सर्वत्र आलोचना भइरहेको छ ।

संसद्मा आजै मात्रै ११ सदस्य महाभियोग सिफारिश समिति पनि गठन भएको छ ।

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com