अमेरिकी सिमानामा समातिनेलाई सुनुवाईसम्मका लागि रिहा गर्ने नीति अन्त्य


प्रकाशित मिति : चैत्र २६, २०७४ सोमबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गैरकानुनी रुपमा अमेरिकाको सिमा पार गरेर अमेरिका छिर्ने कागजपत्रविहिनहरुलाई पक्राउ गरेर अदालती सुनुवाईसम्मका लागि रिहा गर्ने ‘क्याच एण्ड रिलिज’ नीतिको अन्त्य गरेका छन् । ट्रम्पले सेक्रेटरी अफ स्टेट, सेक्रेटरी अफ डिफेन्स, एटोर्नी जनरल, सेक्रेटरी अफ होमल्याण्ड सेक्युरिटी र सेक्रेटरी अफ हेल्थ एण्ड ह्युमन सर्भिसका नाममा मेमो जारी गर्दै ‘क्याच एण्ड रिलिज’ पोलिसी अन्त्यको घोषणा गरेका हुन् ।

सिमा क्षेत्रमा समातिनेहरुलाई अध्यागमन जेलहरुमा स्थान अभावको कारण अदालती सुनुवाईसम्मका लागि रिहा गर्ने ‘क्याच एण्ड रिलिज’को अभ्यास हुदै आएको थियो । तर यसरी छाडिएका आप्रवासीहरु अदालती सुनुवाईमा समेत उपस्थीत नभई अमेरिकामा नै लुकेर बसेको भन्दै यस्तो अभ्यासको अन्त्य गर्न ट्रम्पले एउटा मेमोमा हस्ताक्षर गरेका छन् ।

राष्ट्रपति ट्रम्पले डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीलाई अन्य एजेन्सीहरुसँग समन्वय गरेर ४५ दिनभित्र क्याच एण्ड रिलिज को नीति अन्त्यका लागि भएका प्रगतिको विवरण पेश गर्न निर्देशन समेत दिएका छन् । ट्रम्पले सरकारका एजेन्सीहरुसँग सिमानामा अध्यागमन कानुनको उल्लंघन गर्ने कागजपत्रविहिनहरुलाई राख्न सकिने अमेरिकामा रहेका सैन्य जेलहरुसहित सबै जेलहरुको विवरण समेत मागेका छन् ।

ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसन र डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी क्रिस्जेन नेल्सनलाई क्याच एण्ड रिलिज नीतिका अन्त्यका लागि सम्भावित कदम र श्रोतसाधनको पहिचान गर्न निर्देशन समेत दिएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

क्याच एण्ड रिलिज नीति प्रायजसो एसाइलमको लागि आवेदन दिनेहरु, बालबालिकाहरु र परिवारका सन्दर्भमा प्रयोग हुँदै आएको छ । कुनै पनि व्यक्तिलाई उसको देशमा बस्न खतरा छ भने अन्तर्राष्ट्रिय कानुनले अमेरिकालाई त्यस्ता व्यक्तिलाई फिर्ता पठाउन अनुमति दिदैन । यदि सिमा क्षेत्रमा समातिएका कुनै व्यक्तिले आफूले उसको देशमा फर्कन खतरा रहेको बताएमा उसलाई एसाइलम अफिसर समक्ष क्रेडिबल फियर अन्तरवार्ताका लागि पठाउने अभ्यास रहेको छ । यदि क्रेडिबल फियर अन्तरवार्ता पास गरेमा त्यस्ता व्यक्तिलाई अध्यागमन अदालतको सुनुवाई सम्मका लागि धरौटीमा वा सरकारको निर्णयमा रिहा गरिदै आएको छ ।

ट्रम्पले क्याच एण्ड रिलिज नीतिको अन्त्यको घोषणा गरेपनि यो तत्कालै कार्यान्वयन हुनसक्नेमा भने आशंका रहेको छ । अमेरिकी अध्यागमन जेलको क्षमताको तुलनामा सिमाक्षेत्रमा पक्राउ दर अत्यन्तै उच्च रहेको छ । हरेक दिन सिमाक्षेत्रमा झण्डै १ हजार आप्रवासीहरु पक्राउ पर्ने गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com