६३० जना आप्रवासीसहितको क्याराभ्यान मेक्सिको आइपुग्यो, अमेरिका छिर्नसक्ने आशंका (भिडियो)


प्रकाशित मिति : चैत्र २४, २०७४ शनिबार

मध्य अमेरिकाबाट ११ सय भन्दा धेरै आप्रवासीहरु गैरकानुनी रुपमा अमेरिका छिर्ने आशयका साथ मेक्सिकोतिर आइरहेका खबर आइरहँदा ६३० जना मेक्सिकोको प्वेब्ला आइसकेको पुष्टी भएको छ । टेक्सासको ब्राउन्सभिलबाट ७ सय माइल टाढा रहेका उनीहरु सिमाक्षेत्रबाट गैरकानुनी रुपमा अमेरिका छिरेर एसाइलम दावी गर्नसक्ने सम्भावना रहेको छ ।

उनीहरुमध्ये अधिकांश महिला र केटाकेटीहरु रहेका छन् । उनीहरु मध्य अमेरिकी देश होण्डुरस लगायतका छन् । होण्डुरसमा कुनै काम, न्याय र कानुन नरहेको भन्दै उनीहरु तीनसाता लामो यात्रा गरेर मेक्सिको आइपुगेका हुन् ।

यसरी आएकाहरुमध्ये कैयनले मेक्सिकोमा नै बसोबास गर्ने योजना बनाएको जनाइएको छ । शनिबार र आइतवार मेक्सिकन र अमेरिकी वकिलहरुलाई भेटेर उनीहरुले छलफल गर्ने जनाइएको छ । उनीहरुमध्ये कतिपयका आफन्तहरु अमेरिकामा रहेकाले उनीहरु अमेरिकामा आउन लागेका हुन् । मेक्सिकाको अध्यागमन अधिकारीहरुले क्याराभ्यानमा आएकाहरुलाई मानवीय भिसाको अफर गरिरहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com