सिमानामा सेना परिचालनका लागि अमेरिकी होमल्याण्ड सेक्युरिटीको अनुमति


प्रकाशित मिति : चैत्र २४, २०७४ शनिबार

सिमा सुरक्षा र अमेरिकालाई पुन सुरक्षित स्थल बनाउनका लागि सिमाक्षेत्रमा नेशनल गार्ड परिचालन जरुरी भएको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । सिमाक्षेत्रबाट गैरकानुनी प्रवेश रोक्न सेना परिचालनको जरुरत भएको भन्दै डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले त्यसका लागि अनुमति दिएको हो ।

तर सिमानामा परिचालन गर्ने भनिएको सकृय ड्युटीमा रहेको सैन्य फोर्स नभई नेशनल गार्ड हो । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ डिफेन्स अन्तरगत १३ लाख सकृय सेना रहेको छ भने सबा ८ लाख नेशनल गार्ड र रिजर्भ शक्ति रहेको छ ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले दक्षिणी सिमानामा नेशनल गार्ड युनिट परिचालनको अनुमति दिदै त्यहाँका गभर्नरहरुसँगको समन्वयमा नेशनल गार्ड सिमानामा खट्ने स्पष्ट पारेको छ । सिमानामा उत्पन्न संकट र त्यसको समाधानका लागि भइरहेको पहललाई सघाउन नेशनल गार्ड परिचालन गरिने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले स्पष्ट पारेको छ । नेशनल गार्डले कस्टम एण्ड बोर्डर प्रोटेक्सन लगायतका कानुन कार्यान्वयन अधिकारीहरुलाई सघाउनेछन् ।

सेना परिचालन कहिलेदेखि कहिलेसम्म गर्ने भन्ने विषयमा भने संसदीय प्रयासबाट टुंगो लगाइने जनाइएको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुशार अहिले सिमा क्षेत्रमा हरेक दिन गैरकानुनी रुपमा प्रवेश गर्न खोज्ने एकहजार जना पक्राउ पर्ने गरेका छन् । जुन बार्षिक झण्डै ३ लाख हो । सन् २०१३ भन्दा अगाडि गैरकानुनी रुपमा सिमाक्षेत्रबाट अमेरिका छिर्ने १ प्रतिशतलेमात्र एसाइलम दावी गर्दै आएकोमा अहिले हरेक १० जनामा १ जनाले एसाइलम दावी गर्दै आएका छन् । जुन सन् २००८ को तुलनामा १७ सय प्रतिशत बढी हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com