जब सी जिनपिङको भारतमा पुतला जलाइयो …


प्रकाशित मिति : कार्तिक १, २०७३ सोमबार

ब्रिक्स सम्मेलनमा गोवा पुगेका चीनका राष्ट्रपति शी जिनपिङ्गलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागतमा रेड कार्पेट ओछ्याइरहँदा उनकै देशका विद्यार्थीले पुतला जलाएका छन् । बिहारमा अखिल भारतीय विद्यार्थी परिषदका कार्यकर्ताले चीनका राष्ट्रपतिको भारत भ्रमणको विरोध गर्दै प्रदर्शन गरे । एबीवीपीका कार्यकर्ताले हातमा झन्डा बोकेर चीनिवरुद्ध नाराबाजी मात्रै गरेर चिनियाँ राष्ट्रपतिको पुतला पनि जलाए ।

भारत-पाकिस्तानको सम्बन्धमा आएको चिसोपनाबीद्ब चीनकोतर्फबाट लगातार पाकिस्तानको पक्ष लिएको र उसको मद्दत गरेको भन्दै रिसाएका भारतीयहरु अब सडकमै उत्रन थालेका हुन् । बिहारमा यसको असर देखिन थालेको हो । शुरुमा मेड इन चाइनाको समान नकिन्ने फैसला र अब ब्रिक्स समिटका लागि भारत भ्रमणमा आएका चीनका राष्ट्रपतिको विरोध भएको हो ।

गोवामा मोदीसँग वार्ता भइरहँदा बिहारमा ठाउँ ठाउँमा आक्रोशित मानिसले चीनका राष्ट्रपति शी जिनपिङ्गको पुतला जलाउँदै विरोध भएको कारोबारमा खबर छ । एबीवीपीका संयोजक उमेश कुमारका अनुसार चीनले परोक्षरुपमा पाकिस्तानलाई आतंकवादको मुद्दा समर्थन गरेकाले विरोध गरिएको हो ।

यस्तोमा चीनसँग कुनै प्रकारको सम्बन्ध भारतले राख्न नहु्ने उनको तर्क छ । भारतीयहरुले यस पटकको दीपावलीमा चिनियाँ सामानको बहिष्कार अभियानलाई पनि सशक्त बनाउने तयारी गरेका छन् । यसभन्दा अघि बिहारको औरङ्गाबाद जिल्लाको ओबरा पञ्चायतको ग्राम कचहरीमा मेड इन चाइना सामानको बहिष्कार गर्ने उर्दी जारी गरिएको थियो ।

अर्कातिर भागलपुर जिल्ला प्रशासनले पनि एक आदेश जारी गर्दै यो पटकको दीपावलीमा कुनै पनि प्रकारका चिनियाँ पटाका किनबेचमा निषेध गरेको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com