हिलारी क्लिन्टन माथि ट्रम्पको यस्तो आरोप


प्रकाशित मिति : आश्विन ३०, २०७३ आईतबार

अमेरिकाको राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले आफ्नो प्रतिश्पर्धी हिलारी क्लिन्टनलाई लागूऔषध परीक्षण गर्न माग गरेका छन्। अमेरिकी राष्ट्रपति पदका लागि दुई सशक्त प्रत्याशी उम्मेदवार हिलारी रोधाम क्लिन्टन र डोनाल्ड ट्रम्पबीच आगामी प्रत्यक्ष टेलिभिजन बहस कार्यक्रम भन्दाअगाडी हिलारीको परिक्षण हुनु पर्ने शनिबार ट्रम्पले माग गरेका हुन्।

ट्रम्पले आफ्नो प्रतिश्पर्धी क्लिन्टनले यस अघि भएका संयुक्त बहस सुरु हुनुभन्दा अगाडी पनि लागुऔषध प्रयोग गरेको आरोप लगाएका छन्। बहसका क्रममा क्लिन्टनको प्रस्तुती राम्रो हुनुमा लागूऔषधको प्रभाव हुन सक्ने ट्रम्पको आरोप छ। उनले क्लिनटनलाई मतदान नगर्न समेत आह्वान गरेका छन्। रिपक्लीकन पार्टीका उम्मेद्धवार ट्रम्पलाई यौनदुव्र्यवहारको आरोप लागिरहेका बेला ट्रम्पले क्लिनटनलाई लागूऔषध प्रयोग गरेको आरोप लगाएका हुन्।

विदेशमन्त्री भएका बेला गोप्य इमेलहरुको दुरुपयोग गरेकाले आफु विजयी भएमा क्लिन्टनलाई जेल हाल्ने ट्रम्पले बताएका छन् । क्लिन्टनलाई जेलहाल्ने बताएपछि उनका समर्थकहरुले “क्लिनटनलाई थुन” भन्दै नारावाजी गरेका थिए। पछिल्लो बहसमा सहभागी भएका बेला क्लिन्टनले लागूऔषध सेवन गरे वा नगरेको बारेमा परीक्षण गर्न पनि ट्रम्पले माग गरेका छन् । आफ्नो पनि परीक्षण गराउन आफू तयार रहेको उनले बताएका छन्।

पोर्टस्माउथमा आयोजित एक चुनावी सभामा सम्बोधन गर्दै ट्रम्सले “क्लिन्टन बहसको सुरुमा निकै उत्तेजित देखिएकी थिईन्, तर अन्तिममा भने निकै कमजोर देखिइन र आफ्नो कारसम्म पुग्न पनि निकै गाह्रो भएको थियो।” भने दावी समेत गरेका समाचारमा उल्लेख छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी राष्ट्रपति पदका लागि दुई सशक्त प्रत्याशी उम्मेदवार हिलारी रोधाम क्लिन्टन र डोनाल्ड ट्रम्पबीच एक हप्ता अगाडी दोस्रो पटक प्रत्यक्ष टेलिभिजन बहस कार्यक्रम सम्पन्न भएको थियो। उक्त कार्यक्रभरी नै ट्रम्प र क्लिन्टनले एकअर्कामाथि हिलो छ्याप्ने र सकेदेखि एकअर्कालाई उम्मेदवारीबाटै सिध्याइदिनेसम्मको आक्रामक प्रयासमा लागे ।

कार्यक्रममा वर्तमान राष्ट्रपति बाराक ओबामाले अवलम्बन गरेका अमेरिकी रणनीतिहरु, इराक, सिरिया, अफगानिस्तान लगायतका मुलुकहरुमा गरिएको सहयोग इत्यादि बारे पनि ट्रम्पले तीब्र आलोचना गर्न भ्याए। दर्शकका प्रश्नका उत्तर दिने क्रममा ट्रम्पले हिलारीउपर अलि बढी नै रिस पोखी आक्रामक भएर प्रस्तुत भए भने हिलारी पनि के कम, ट्रम्पलाई व्यङग बाणको वर्षा गरी आच्छु आच्छु पारिन्।

ट्रम्पले हिलारीको निन्दा गर्ने क्रममा उनका पति बिल क्लिन्टन धेरै वर्षअघि एक पटक यौन काण्डमा मुछिएको घटनालाई उछाले । जवाफमा हिलारीले पनि ट्रम्पले महिलाको सम्बन्धमा अतिशयोक्ति गरी बोलेको श्रब्यदृष्य (भिडियो टेप) सार्वजनिक गरिदिइन्।

सन् २००५ मा रेकर्ड गरिएको उक्त टेपमा स्थानीय एक बसमा अमेरिकी एनबीसी टेलिभिजन कार्यक्रम प्रस्तोता बिल्लि बुश र ट्रम्पसँगै यात्रा गरिरहेको बखत कुराकानी भएको दृष्य देखाइएको थियो । कुराकानीको क्रममा ट्रम्पले “तिमी चलचित्र (हलिउड) का एउटा नायक हुने हो भने तिमीले महिलालाई जे गरे पनि हुन्छ” भनेका रहेछन्।

“महिलालाई जे गरे पनि हुन्छ” भन्ने अभिव्यक्तिले कोही पनि महिलालाई उनको स्वीकृतिबिना अङ्गालोमा कस्ने वा चुम्बन गर्नेजस्ता यौनजन्य दुव्र्यबहार गरे हुन्छ भन्ने अर्थ लाग्छ भन्ने अडान लिई क्लिन्टनले कस्सिएर ट्रम्पलाई आच्छु आच्छु पारिन् । क्लिन्टनको यस अडानले दर्शकबाट समर्थनको ओइरो पायो र ट्रम्प तत्काल सो बिगतको घटनाका लागि माफी माग्न बाध्य भए ।

डेढघण्टा चलेको सो प्रत्यक्ष बहस कार्यक्रममा दर्शकका प्रश्नका उत्तर दिने क्रममा दुबै जनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मामिलाका धेरै विषयमाथि आ (आफ्नो धारणा व्यक्त गरे तापनि हिलारीमाथि ट्रम्प अलि बढ्तै आक्रोशित भएर प्रस्तुत हुँदा दर्शकहरुले मन पराएका थिएनन् । निर्वाचनको ठीक एक महिनापूर्व सञ्चालित यस कार्यक्रमले विजयको गन्तव्यतर्फ क्लिन्टनको थप कदम बढेको अनुमान भएपछि ट्रम्पको लागू औषध जाँच गर्नु पर्ने माग आएको बताइएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com